Category: खेल

आइपिएल : हैदराबादले गुजरात लायन्सलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई ८ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै दुई विकेट जाँदा पूरा गरेको हो । हैदराबादका लागि डेबिड वार्नरले ५२ बलमा ६९ रन, विजय शंकरले ४४ बलमा ६३ रन र शिखर धावनले ११ बलमा १८ रन बनाए । यो जितसँगै हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १४ खेलबाट हैदराबादको १७ अंक छ । यो जीतले हैदराबाद प्ले अफमा समेत छनाैट भएको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click...

Read More

आइपिएलः दिल्लीले जित्यो

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए । दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ । Are you Planing...

Read More

चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटवलको उपाधि चेल्सीले जितेको छ । चेल्सीले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । खेलको दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्यो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका...

Read More

म्यानचेस्टर युनाइटेड र अजाक्स फाइनलमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स युरोपा लिगको फाइनलमा पुगेका छन् । बिहीबार राति भएको युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेल्टा डि भिगो विरुद्ध एक एक गोलको बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग युनाइटेडले १–० ले जितेको थियो । १७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि मारोउन फेलानीले गोल गर्दै अग्रता दिलाएका थिए । तर ८५ औँ मिनेटमा सेल्टा डि भिगोका लागि रोन्साग्लीयाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसलगत्तै रोन्साग्लीया र युनाइटेडका एरिक बेली रातो कार्ड खाँदै बाहिरिएपछि दुबै टोली १०...

Read More

आगामी जेठमा प्रधानमन्त्रीकप क्रिकेट हुने

काठमाडौं । सर्वाधिक धनराशि पुरस्कारको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ ९ गते देखी हुने भएको छ । राजधानीमा आज काठमाडौ क्रिकेट टे«निङ सेन्टरले पत्रकार सम्मेलन गर्दै सर्वाधिक धनराशिको प्रथम प्रधानमन्त्री कप क्रिकेट जेठ ९ गते हुने जनाएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजान र काठमाडौं क्रिकेट टे«निङ सेन्टरको व्यवस्थापनमा आयोजना हुन लागेको प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछन् । प्रतियोगितामा ३ विभागिय टोली सहित पाँच विकास क्षेत्रका टोलीले सहभागिता जनाउने अयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २० लाख सहित ट्रफी हात पार्नेछन् । यस्तै, उपविजेताले नगद  १० लाख  हात पार्ने छन् । प्रतियोगिता आयोजना बारे जानकारी दिन आयोजना...

Read More