Category: खेल

अष्ट्रेलियाको प्रमुख मिडियामा क्रिकेटर सुनाम गौतमको ‘सेन्चुरी’ चर्चा

मेलबर्न । अष्ट्रेलियाको नेपाली खेल क्षेत्रका स्टार सुनाम गौतमले प्रिमियर क्रिकेटमा शतक स्कोर गरेपछि अहिले उनको चौतर्फी चर्चा भैरहेको छ । गत शनिवार भएको प्रिमियर क्रिकेटमा गौतमले ११३ बलमा १०६ रन बनाएका थिए । अष्ट्रेलियाको प्रतिष्ठित प्रिमियर क्रिकेटमा शतक बनाउने गौतम पहिलो नेपाली हुन् । उनको यो ऐतिहासिक सफलताका बारेमा अष्ट्रेलियाको प्रतिष्ठित पत्रिका हेराल्ड सनले आफ्नो अनलाइन संस्करणमा विशेष कभरेज गरेको छ । हेराल्ड सनले लेखेको छ–’२९ वर्षीय यी नेपाली खेलाडीले आफ्नो करियरको पहिलो तीन अंकको स्कोर बनाएका छन् । सुनामको टिम ग्रीनभेल कङ्गारुलाई ६ विकेटको क्षतिमा ३०९ रन जोड्न उनले व्यक्तिगत १०६ को कीर्तिमानी योगदान दिएका थिए ।’...

Read More

विश्व विजेता फ्रान्स नेदरल्याण्डससँग पराजित

एजेन्सी । विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले गोल गरे । ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको ६ टौँ मिनेटमा डिपेयीले पेनाल्टी मार्फत गोल गरेपछि नेदरल्याण्डस २–० ले विजयी भयो । नेदरल्याण्डससँगको हारसँगै विश्व विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रा टुंगिएको...

Read More

सन्दीप लामिछानेले पुनः दिल्ली डेयर डेभिल्सबाट खेल्ने

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट क्लब दिल्ली डेयर डेभिल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ। यसको मतलब आगामी आईपिएल सिजन सन्दीपले दिल्लीबाटै खेल्नेछन्। दिल्लीले गत संस्करणमा सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आवद्ध गरेको थियो। सन्दीप आईपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए। तर पहिलो सहभागितामै बेजोड प्रदर्शन गरेपछि सन्दीपलाई दिल्लीले रिटेन गरेको हो। दिल्लीले कति पैसा पाउनेछन् भन्नेबारे केही खुलाईएको छैन। दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो र क्रिस मोरिसलाई रिटेन गरेको छ। दिल्लीले १५ जना खेलाडीलाई रिटेन गरेको छ। डीसेम्बरमा हुने अक्सनबाट टिम पुरा हुने...

Read More

वायने रुनी फेरि इंग्ल्याण्डको कप्तान बन्ने

काठमाडौं । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो खेलमा १० नम्बरको जर्सी पनि लगाउने छन् । रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१७ मै सन्यास लिएका हुन् । तर उनले बिहीबार वेम्बलीमा हुने अमेरिकासँगको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डबाट १२० औँ सहभागिता जनाउँदै छन् । ३३ वर्षका रुनी अहिले अमेरिकाको क्लब डिसी युनाइटेडबाट खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा फाबियन डेल्फले कप्तानका रुपमा खेल सुरु गर्नेछन् र पछि उनले रुनीलाई कप्तानी हस्तान्तरण गर्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् । रुनीलाई गार्ड अफ अनर पनि प्रदान गरिनेछ । म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व...

Read More

सोलारीलाई रियल मड्रिडको स्थायी प्रशिक्षकको जिम्मेवारी

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई क्लबको स्थायी प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । लगातारको खराब प्रदर्शनपछि जुलियन लोपेतेगीलाई बर्खास्त गरेर रियल मिड्रडले क्लबको जिम्मा अन्तरिमकालका लागि सोलारीलाई सुम्पिएको थियोे । ४२ वर्षका सोलारीले अक्टोबर २९ देखि क्लबको जिम्मा सम्हालेका हुन् । सोलारीले जिम्मा लिए यताका चार खेलमा रियल मड्रिडले लगातार जित निकाल्दै आएको छ । लगातार जित निकाल्न सफल सोलारीलाई रियल मड्रिडले स्थायी प्रशिक्षक बनाएको हो । उनले क्लबसँग सन् २०२१ को जुनसम्मको सम्झौता गरेका छन् । सोलारीले आफूले जिम्मेवारी लिएपछिका चार खेलमा चारैमा जित निकालेका छन् । यो रियल मड्रिडको इतिहासमा कुनै पनि प्रशिक्षकको सबैभन्दा...

Read More