Category: खेल

महिला भलिबलमा बंगलादेश र माल्दिभ्सतथा भारत र श्रीलंका भिड्दै

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । आजको दिउँसो २ बजे हुने पहिलो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् भने अपराह्न ४ बजे हुने अर्को खेलमा भारत र श्रीलंका आमने सामने हुने छन् । यसअघि हिजो भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिएका छन् ...

Read More

आहा रारा गोल्डकप माघ २० गतेबाट सञ्चालन हुने

आहा रारा गोल्डकपको १३ औं संस्करण माघ २० गतेबाट सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामि माघ २० देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ हुने प्रतियोगिताका सबै खेलहरु स्थानीय पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ क्लवले सहभागिता जनाउने आयोजक सहारा क्लवले जनाएको छ । बेलायतको पाँचौ डिभिजनको क्लव अल्टरसट, सहारा युकेसहित भुटान र भारतका टीमले समेत प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रतियोगितामा विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत नगद...

Read More

नेपाल र भारत भिड्दै

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने  खेलमा बलियो प्रतिद्वन्दी भारतसँग नेपालले सामना गर्न लागेको हो । त्यसअघिको पहिलो खेलमा नेपाले माल्दिभ्सलाई हराएर जीत हासिल गरेको थियो ।  नेपालले लगातर दोस्रो जीत निकाल्दै शिर्ष स्थान कायम गरेको छ । आजै हुने अर्को खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने भएका छन् । प्रतियोगितामा नेपाल भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिएको प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले  एक हजार र पाँच सय डलर प्राप्त गर्नेछन्...

Read More

प्रिमियर लिगमा सिटी, टोटनह्याम र साउथह्याम्पटन विजयी

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलमा म्यान्चेस्टर सिटी, टोटनह्याम र साउथह्याम्पटन विजयी भएका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ३ ­ ० ले हरायो । म्यान सिटीको जितका लागि डेभिड सिल्भाले दुई गोल गरेका थिए भने याया टुरेले एक गोल गरेका थिए ।गएराती नै भएको अर्काे खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई २ ­ १ ले हराँउदा साउथह्याम्पटनले एभर्टनलाई ३ ­ ० ले हराएको छ । यसैगरी वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई २ ­ १ ले पराजित गर्दा हल सिटीलाई स्वान्सी सिटीले १ ­ ० ले पराजित गर्याे । उता म्यानचेस्टर युनाईटेडले भने एस्टन भिल्लासँग १ ­...

Read More

इग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राति पनि सात खेल हुँदैछन् । म्यान्चेष्टर सिटी र क्रिष्टल प्यालेसवीच इतिहाद स्टेडियममा खेल हुनेछ । त्यस्तै, एष्टन भिल्ला र म्यान्चेष्टर युनाइटेडवीच खेल हुँदैछ । त्यस्तै केसी स्टेडियमा हल सिटी र स्वान्सी सिटी आमनेसामने हुनेछन् । यस्तै क्युपीआर र वेष्ट ब्रोम युनाइटेड पनि आज नै भिड्ने भएका छन् । क्वीन पार्क रेञ्जर्सका उच्च गोलकर्ता चार्ली अष्टिन एक म्याच सस्पेन्सन पछि आज मैदानमा फर्किने भएका छन् । त्यस्तै साउथह्याम्पन र एभर्टन आमनेसामने हुँदा टोटनहयाम र बनर््ले भिड्नेछन् भने वेष्टह्याम युनाइटेड र लिसेष्टर सिटीको पनि भिडन्त आजै राति हुनेछ । लिसेष्टर सिटीले प्रिमियर लिगमा जीत निकालेको तीन...

Read More