Category: खेल

आइपिएल: गुजरात लायन्स विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । कप्तान सुरेश रैनाको सर्वाधिक ८४ रन र बे्रण्डन म्याकुलमलेको ३३ तथा अरोन फिन्चको ३१ रनको सहायतामा गुजरातले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो । कोलकाताले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य गुजरातले १० बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको थियो । यो खेलसंगै ६ खेलमा चारमा जित निकालेको दोस्रो स्थानको कोलकाताको ८ अंक छ भने ६ खेलमा दोस्रो जित निकालेको गुजरातको चार अंक भएको छ र उ सातौं स्थानमा छ । Are you Planing to Study in Australia ?...

Read More

डीपीएल उपाधिको लागि शनिबार टिम चौराहा धनगढी र विराटनगर किङ्स भिड्ने

धनगढी । सर्वाधिक धन राशि पुरस्कार भएको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि लागि शनिबार टिम चौराहा र विराटनर किङ्ग भिड्दै छन् । अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार ११ बजे सुरु हुने फाइनलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषावाकरको कप्तानीमा रहेको विराटनगर किङ्स भिड्न लागेका हुन् । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छन । फइनल खेल अघि शुक्रबार प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानहरुले राम्रो खेल खेल्दै उपाधि जित्ने दाबी गरे । सुरुवाती ३ खेल गुमाएको पारसको टिम चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा मुश्किलले स्थान बनाएको थियो...

Read More

आइपिएल : प्रभावशाली ब्याटिङ गर्दै मुम्बई विजयी

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेटमा बिहीबारको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले हराएको छ । यो सिजनको आइपिएलमा सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बईले २७ बल खेल्न बाँकी छँदै पञ्जावले दिएको १ सय ९९ रनको लक्ष्य भेट्टाएको हो । जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेल खेलेको मुम्बईको १० अंक रहेको छ । दोस्रोमा रहेको कोलकत्ताको ५ खेलमा ८ अंक रहेको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

टुंगियो बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा

एजेन्सी । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा पुनरागमन गर्ने प्रयास गरेता पनि सफल हुन सकेन । लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारको गोल गर्ने प्रयास गोलमा परिणत हुन सकेन । बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको हो । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

आइपिएलः हैदरावादले जित्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले हराएको हो । पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि केन विलियम्सनले ८९ र शिखर धवनले ७० रनको योगदान गरे । दिल्लीका क्रिस मोरिसले चार विकेट लिए । यो जित संगै ६ खेलमा चौथो जित निकालेको हैदरावाद ८ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलमा दुई खेल मात्रै जितेको दिल्ली चार अंकसहित चौथो स्थानमा छ । Are you Planing to Study in Australia ? If yes...

Read More