Category: खेल

अष्ट्रेलियाली फास्ट बलर सन टेटद्धारा क्रिकेटबाट सन्यास

मेलबर्न । अष्ट्रेलियाली फास्ट बलर सन टेटले क्रिकेट खेलबाट सन्यास लिएका छन् । ३४ वर्षीय टेटले सबै प्रकारको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘द वाइल्ड थिङ’ नामले चिनिने टेटको कुहिनामा नियमित चोट देखिएपछि सन्यासको घोषणा गरेका हुन् । १४ वर्षे क्रिकेट करियरमा उनले ३ टेस्ट, ३५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल तथा २१ टी–२० खेल खेलेका छन् । उनले सन् २००२–०३ मा दक्षिण अष्ट्रेलियाका फस्ट क्लासमा डेब्यु गरेका थिए भने सन् २००५ मा एसेज सिरिजमा इंग्ल्याण्डविरुद्ध ट्रेन्ट ब्रिजमा डेब्यु गरे । तर, राम्रो प्रदर्शनलाई कायम राख्न नसकेपछि उनले सन् २००८ जनवरी २९ मा उनले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका थिए...

Read More

इमर्जिङ कपमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं । इमर्जिङ कपमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेखकमल स्टेडियममा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो । १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४ ओभर बाँकी छँदै जित हात पार्योक। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो । सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी...

Read More

जारी खेलमा पाकिस्तानको चौथो विकेट पतन, हुसैन तलट समातिए

काठमाडौं । इमर्जिङ कप क्रिकेटमा पाकिस्तानले जवाफि ब्याटिङ गरिरहेको छ । बंगलादेशको शेखकमल स्टेडियममा भएको खेलमा पाकिस्तानले १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको हो । जारी खेलमा पाकिस्तानको दुई विकेट पतन भएको छ । १७ दशमलब ४ ओभरमा इमरान बट र २७ दशमलब २ ओभरमा हरिस सोहेल आउट भएका हुन् । मोहम्मद रिजवन र हुसैन  तलट पनि आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो । सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद...

Read More

इमर्जिङ कप क्रिकेट : नेपालले पाकिस्तानलाई दियो १ सय ८१ रनको लक्ष्य

काठमाडौं । नेपालले इमर्जिङ कप क्रिकेटमा पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । बंगलादेशको शेखकमल स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य दिएको हो । नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो  । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

इमर्जिङ कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं । बंगलादेशमा हुन लागेको इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज सोमबार नेपालले टेस्ट मान्यता प्राप्त देश पाकिस्तानको अन्डर २३ टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।  बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानको अन्डर–२३ टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको कप्तानको जिम्मेवारी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।  यसअघि मल्ले घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए ।  नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन । त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि...

Read More

Cake To Nepal

फेसबुक