Category: खेल

लिग लिडर बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको हो । बार्सिलोनाको जितमा उसमान डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । लेगानेसका लागि ब्राइथवेटले एक गोल फर्काए । मेस्सीलाई बेन्चमा राखेर सुरु भएको खेलमा पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लियो । उसका लागि ३२ औँ मिनेटमा डेम्बेलेले गोल गरे । ५७ औँ मिनेटमा ब्राइथवेटले लेगानेसका लागि बराबरी गोल फर्काए । ७१ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले गोल गरेपछि...

Read More

पीएसजीकाे किर्तिमानी जित, एम्बाप्पेको ह्याट्रिक

एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले गुईनग्याम्पलाई कीर्तिमानी गोल अन्तरले पराजित गरेको हो । पीएसजीले गुइनग्याम्पमाथि ९–० को जित निकालेको छ । पीएसजीको जितमा केलियन एम्बाप्पे र ईडिन्सन काभानीले ह्याट्रिक गरे भने नेइमारले दुई गोल गरे । त्यस्तै, अर्को एक गोल थोमस मुनिरले गरे । दश दिन अगाडी भएको खेलमा गुईनग्याम्पसंग २–१ ले पराजित हुँदै पीएसजी फ्रेन्च कपबाट बाहिरिएको थियो । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

रोनाल्डोको हेडिङ गोलले युभेन्टसलाई कीर्तिमानी उपाधि

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले कीर्तिमानी आठौँपटक सुपरकोप्पाको इटालिएनाको उपाधि जितेको छ । साउदी अरेबियाको जेद्दामा भएको खेलमा रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले एसी मिलानलाई १–० ले हराएको हो । युभेन्टसले सातपटकको विजेता एसी मिलानलाई हराउँदै सुपरकोप्पा इटालिएना सबैभन्दा धेरै पटक जित्ने कीर्तिमान बनाएको हो । यो कीर्तिमानका लागि रोनाल्डोको गोल निर्णायक बन्यो । यहि सिजन रियल मड्रिडबाट इटालियन क्लब आएका रोनाल्डोले अहिलेसम्म युभेन्टसका लागि १६ गोल गरेका छन्...

Read More

मेस्सीले बनाए ४०० गाेलकाे किर्तिमान

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल र कप्तान लियोनल मेस्सीले एक गोल गरे । युरोपको कुनै एउटा लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सीले दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्ने राम्रो मौका पाएका थिए । तर एइबारका गोलकिपर एसियर रियस्गोले उत्कृष्ट बचाउ गरे । मेस्सीले ४०० गोल पूरा गर्नका लागि ४३५ खेल खेलेका छन् । जितसंगै बार्सिलोनाले लिगमा पाँच अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १९ खेलबाट ४३  जोडेको...

Read More

शीर्षस्थानको लिभरपुलको संघर्षपूर्ण जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्षस्थानको लिभरपुलले संघर्षपूर्ण तर महत्वपूर्ण जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले ब्राइटनमाथि १–० को जित दर्ता गरेको हो । पहिलो हाफमा ब्राइटनले भ्रमण टोली लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफको सुरु तिरै गरेको गल्तीका कारण ब्राइटन चुक्यो । ५० औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । अवसरलाई सदुपयोग गर्दै मोहम्मद सालहले गोल गरे । सालहले पेनाल्टी मार्फत गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको लिभरपुलको २२ खेलबाट ५७ अंक भएको छ । एक...

Read More