Category: कला

नेपाली सांगीतिक समूह “कुटुम्ब“ अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली सांगीतिक समूह “कुटुम्ब“ अष्ट्रेलिया प्रस्थान गरेको छ । यही मार्च र अप्रिल महिनामा कुटुम्बले “अष्ट्रेलिया टुर २०१७ “ अन्तर्गत अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुती दिनेछ । नेपाली संगीतको स्वाद र माया फैलाउने आफूहरुको लक्ष्य रहेको कुटुम्बका एक सदस्यले बताए । कुटुम्बले आगामी मार्च २५ मा हुने “नेपाल फेस्टिभल अडेलेड २०१७“ मा आफ्नो प्रस्तुती देखाउनेछ । मेलबर्नवासीले २६ मार्चमा हुने एम फेस्टिभलमा कुटुम्बको सांगीतिक प्रस्तुतीको मज्जा लिनेछन् । अप्रिल १ मा पर्थ सहरमा आफ्नो प्रस्तुती दिएपछि नयाँ वर्ष २०७४ मनाउन कुटुम्ब अप्रिल १३ मा ब्रिसबेनमा हुनेछ । सिड्नीवासीले अप्रिल १५ मा “कुटुम्ब“को संगीतमा प्रत्यक्ष झुम्न पाउनेछन्...

Read More

सुनिल ग्रोभरले द कपिल शर्मा शो छोड्ने

काठमाडौं। कपिल शर्मा शोका दर्शकहरुको लागि निराशाजनक खबर सार्वजनिक भएको छ । सुनिल ग्रोभरले द कपिल शर्मा शो छोड्ने संकेत दिएका छन् । सुनिलले ट्वीटरमा कपिल शर्माको पोस्टको उत्तर मार्फत यस्तो संकेत दिएका हुन् । कपिलले सुनिललाई पिटेको खबर बाहिर आएपछि कपिलले ट्वीटर मार्फत माफी मागेका थिए । प्रतिउत्तरमा सुनिलले कपिललाई मानिसहरुप्रति आदर गर्न र आफूलाई भगवान नसम्झन अनुरोध गरेका छन् । साथै उनले कपिललाई प्रगतीको शुभकामना दिएका छन् । यसको उत्तरमा कपिलले सुनिललाई माया गर्ने र यो ट्वीट पछि त्यो माया अझ बढेको बताएका छन् । यसबाट उनलाई सुनिलको उत्तरले झट्का लागेको अनुमान गर्न सकिन्छ । कपिल शर्मा...

Read More

अष्ट्रेलियामा यसो गरे विद्यार्थीले चाँडै रोजगारी पाउँछन्

मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीहरुले काम खोज्दा आफ्नो भिसा सुविधा र प्रकारबारे प्रष्ट हुनुपर्छ । भिसामा काम गर्ने अनुमति हुनुपर्छ । धेरै जसो कलेज तथा युनिभर्सिटीहरुले पार्ट टाइम जागिरको लागि सहयोग गर्छन् । आफूले पढ्ने युनिभर्सिटी र कलेजमा त्यो सुविधा छ कि छैन सोधपुछ गर्नुपर्छ । धेरैजसो विद्यार्थीहरुले सम्बन्धको आधारमा छिटो काम पाउँछन् । त्यसैले सम्बन्ध विस्तार गर्नुपर्छ । आफ्नो साथी सर्कलमा जागिर खोजिरहेको बारे जानकारी गराउनुपर्छ । इन्टरनेटमा हुने जागिर सम्बन्धि वेबसाइटहरुबाट पनि काम खोज्न सकिन्छ । हस्पिटालिटी, सुचना प्रविधि र स्वास्थ्य क्षेत्रमा जागिर खोज्ने तरिका बारे यहाँ चर्चा गरिएको छ : हस्पिटालिटी क्षेत्र : हस्पिटालिटी अन्तर्गत रेष्टुराँ, होटल,...

Read More

अष्ट्रेलियामा नभेटिएकी ‘साया’ भारतमा भेटिएपछि ‘समर लभ’ पक्का

मेलबर्न । युवा लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ’समर लभ’माथि फिल्म बन्ने पक्का भएको छ । कलाकारको अन्तिम टुङ्गो लागेपछि ’नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो । फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको फिल्म आईतबार मात्र घोषणा भएको हो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ’समर लभ’बाट दुई नयाँ अनुहार भित्रिने भएका छन् । फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको यो पहिलो फिल्म हो । यस्तै निकै लामो समयसम्मको खोजीपछि ’साया’को भूमिकामा रेवती क्षेत्री...

Read More

कमेडियन कपिल शर्माले ट्विटरमार्फत सार्वजनिक गरे प्रेमिका

भारत । कमेडियन कपिल शर्माले ट्विटरमार्फत प्रेमिकाको तस्बिर सार्वजनिक गरेका छन् । ट्विटरमा प्रेमिकासहितको तस्बिर राख्दै उनले फ्यानसँग भनेका छन्, ‘म यो त भन्दिनँ कि यिनी मेरी पत्नी हुन् । यिनीले मलाइ पूरा गर्छिन् । गिन्नी, म तिमीलाई माया गर्छु । यिनीलाई स्वागत गर्नुहोस् । म यिनीलाई धेरै प्रेम गर्छु ।’ गिन्नी जालन्धर कपिलकी कलेजदेखिकै साथी पनि हुन् । कमेडी शोमार्फत चर्चा कमाएका कपिलले कलाकारितामा छुट्टै पहिचान बनाएका छन् । उसो त बेलाबेला उनको विवाहलाई लिएर शोमा पनि प्रश्न नउठेको होइन । तर उनले यस विषयलाई टार्दै आएका थिए । ट्विटरमार्फत कपिलले प्रेमिकाको तस्बिर शेयर गरेसँगै उनका फ्यानहरु पनि...

Read More