Category: अष्ट्रेलिया

अष्ट्रेलियाको भिक्टोरियाका चार नेपालीलाई मल्टिकल्चरल एक्लिेन्स अवार्ड

मेलबर्न । अष्ट्रेलियाको राज्य सरकारले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका चार नेपालीलाई त्यहाँको प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ । अष्टेलियाको भिक्टोरीया राज्यमा भिक्टोरियन मल्टिकल्चरल कमिसन भिएमसीले हरेक वर्ष प्रदान गर्दै आएको मल्टिकल्चरल अवार्ड भिक्टोरीयाबाट यसपटक नेपाली समुदायबाट चारजना सम्मानित भएका हुन् । नेपाली समुदायमा लामो समयदेखि समुदायमा क्रियाशिल अधिकारकर्मी दिपा राई, नेपाली समुदाय र नेपाली पत्रकारितामा क्रियाशील युवा पत्रकार निरु त्रिपाठी, नेपाली कला र संस्कृतिको क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता भरन्सेर राई र खेलकूद तथा सामाजिक कार्यमा क्रियाशील हरि गुरुङ मल्टिकल्चर अवार्डबाट सम्मानित भएका छन् । नेपाली समुदायमा लामो समयदेखि समुदायमा क्रियाशिल तथा महिला सशक्तिकरण, मानव अधिकारबाद , सामुदायिक क्षमता...

Read More

धेरै अप्रवासीहरु किन अष्ट्रेलियामै आउन चाहन्छन् ?

मेलबर्न । अष्ट्रेलिया अहिले नेपालीको मात्र होइन विश्वका धेरै मुलुकका नागरिकहरुको आकर्षक गन्तव्यस्थल बनेको छ । अध्ययन वा अन्य विभिन्न प्रयोजनले अष्ट्रेलिया आउनेहरुको संख्या बढ्दो छ । अष्ट्रेलियाप्रति अप्रवासीहरुको आकर्षण बढ्नुको धेरै कारणहरु छन् । तीमध्ये यहाँको शिक्षा,रोजगार र सामाजिक अवस्था मूख्य कारण हुन् । धेरै अप्रवासीहरको रोजाईमा अष्ट्रेलिया किन परिरहेका छन् भन्नेबारेको सामाग्री यहाँ प्रस्तुत गर्दैछौं : WHY MIGRATING TO AUSTRALIA ? Australia is one of the most established nation on the planet, and additionally one of the most youthful. Australia is the biggest island and the world’s littlest, flattest mainland. The scenes that host Australia’s refined urban...

Read More

अष्ट्रेलियामा नेता,बुद्धिजीवी र अगुवाहरुबीच अन्तरक्रियात्मक कार्यशाला हुने

सिड्नी । नेपालको सामयिक राजनीतिबारे अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियाका बुद्धिजीवी र अगुवाहरुले नेपाली नेताहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । पर्यटन प्रबद्र्धनात्मक कार्यक्रममा सहभागी हुन आउन लाग्नुभएका एमाले महासचिव ईश्वर पोखरेल, पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल,काँग्रेसका नेता नवराज गुरुङ र अष्ट्रेलियाका बुद्धिजीवी र अगुवाहरुबीच अन्तरक्रियात्मक कार्यशाला हुने भएको हो । कार्यशालामा असल शासन, पर्यटन, सूचना प्रवधि, स्वास्थ्य, कृषि लगायतका विषयमा छलफल हुनेछ । नेपालको सामाजिक र आर्थिक रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला केन्द्रीत हुने बताइएको छ । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here. कार्यशालामा अष्ट्रेलियामा हासिल भएको...

Read More

‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिन कलाकार टोली अष्ट्रेलिया आइपुग्दै

मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धनका लागि अष्ट्रेलियाका विभिन्न शहरहरुमा हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रममा सहभागी हुन चर्चित नेपाली कलाकारहरु शुक्रवार अष्ट्रेलिया आइपुग्दैछन् । शनिबार सिड्नीबाट सुरु हुने कार्यक्रमको लागि गायक गायिकाहरु बद्री पंगेनी, मिलन अमात्य, प्रिती आले र हाँस्य कलाकार जितु नेपाल शुक्रबार नै सिड्नी आइपुग्न लागेका हुन् । यस्तै यसै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र अर्का अतिथि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद ढुङ्गाना पनि शुक्रवार नै सिड्नी आइपुग्नुहुनेछ । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र एनएफ नेपालको आयोजनामा हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम शनिवार सिड्नीबाट शुरु हुन लागेको हो । यसपछि यही कार्यक्रम...

Read More

डोनाल्ड ट्रम्प ‘घिनलाग्दो कीरा’ भएको अष्ट्रेलियाको संसदको ठहर

मेलबर्न । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले महिलामाथि गरेका यौन दुराचारका घटनाप्रति अष्ट्रेलियाले कडा प्रतिक्रिया जनाएको छ । अस्ट्रेलियाको संसदले ट्रम्पलाई ‘घिनलाग्दो कीरा’ को संज्ञा दिएको छ । एकपछि अर्को गर्दै यौन दुराचारका प्रसँगहरु सार्वजनिक भएपछि अष्ट्रेलियाको संसदले ट्रम्पलाई राष्ट्रपति हुन अयोग्य व्यक्ति भनी प्रस्ताव पारित गरेको छ । उता क्यानाडाको पहिलो महिला प्रधानमन्त्री किम क्याम्पबेलले ट्रम्प यौन शिकारी भएको टिप्पणी गरेकी छन् । महिलाहरूमाथि अनुपयुक्त व्यवहार गर्ने अनि त्यसमा रमाउने ट्रम्पको बानी चिन्ताजनक रहेको क्याम्पबेलले बताइन् । एक्सेस हलिउडको २००५ मा बनाइएको भिडियो हालै लिक भएको थियो । त्यसमा ट्रम्पले आफूलाई यौन शिकारी भएको बताएका छन् र...

Read More