Category: अष्ट्रेलिया

एनआरएन अष्ट्रेलियाको मतपरिणाम शनिवारनै : निर्वाचन आयुक्त

मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको निर्वाचन तयारी पूरा भएको छ । एनआरएनए अष्ट्रेलियाको आगामी दुई वर्षको लागि नेतृत्व छनोटको निर्वाचन भोलि जुलाई ८,शनिबारका दिन हुँदैछ । निर्वाचन समितिका अनुसार Cyprus Community Hall 495 Lygon Street, Brunswick East मा बिहान ८ बजेदेखि हुने निर्वाचन बेलुका ५ बजे सम्पन्न हुनेछ । अष्ट्रेलियामा नेपाली समुदायबीच सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको संस्था न्याभले निर्वाचनकालागि आवश्यक स्वयंसेवकहरु उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । निर्वाचनमा मतदानको लागि विद्दुतीय प्रविधि प्रयोग हुनेछ । मतदातालाई आइडी र पिन दिईनेछ । उक्त युजर आइडी र पिनलाई मतदाताले कम्प्युटर स्क्रिनमा इन्टर गरेपछि मात्र भोट गर्न पाउनेछन्...

Read More

अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको यथार्थ गीत र भिडियोमा (भिडियोसहित)

मेलबर्न । धेरै नेपाली विद्यार्थी र अभिभावकहरुको सपनाको देश बन्दैछ अष्ट्रेलिया । त्यसैले यहाँ पढ्न आउने नेपाली विद्यार्थीहरुको संख्या वर्षेनी बढ्दो छ । कतिसम्म भने आफूसँग नभए पनि ऋण काढेरै छोराछोरीलाई अष्ट्रेलिया पढ्न पठाउँदा गर्व महसुस गर्ने अभिभावकहरु धेरै रहेका छन् । तर अष्ट्रेलियाको जीवनशैली नेपालबाट सोचे जस्तो छैन । व्यस्तता,महँगी र प्रतिस्पर्धी जीवनशैलीले यहाँ आएका नेपाली विद्यार्थीहरुले त्यसमा आफूलाई अभ्यस्त बनाउन निकै संघर्ष गर्नुपर्छ । यस्तै अष्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको जीवनगाथा समेटिएको गीतको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ । युवा गायक विराज पुडासैनीको शब्द,संगीत र आवाजमा रहेको र्याप शैलीको ऊ आएको हो अष्ट्रेलिया बोलको गीतमा अष्ट्रेलिया...

Read More

क्रियाशील संस्था, संगठित समुदाय !

मेलबर्न । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा भिक्टोरियाबाट कोषाध्यक्ष पदको लागि गणेश राज गौतमले उम्मेद्वारी दिनुभएको छ । आफ्नो उम्मेद्वारीको बारेमा एनआरएनए एससीसी भिक्टोरियाको वर्तमान सदस्य समेत रहनुभएका गौतमले भन्नुभयो, ” हालको पदमा रहँदा मैले संगालेको अनुभव र गर्न पहल गरेका कामहरुले गर्दा कोषाध्यक्ष पदको लागि योग्य छु भन्ने लागेर मैले उम्मेद्वारी दिएको हूँ । ‘क्रियाशील संस्था, संगठित समुदाय’ को उद्देश प्राप्तिको निम्ति आवश्यक प्राभावकारी कदम चाल्ने कुरामा म प्रतिबद्ध छु ।” सम्पूर्ण नेपाली समुदायको माया र सहयोगले आफू हालको स्थानमा आइपुगेको बताउंदै उहाँले एनआरएनए लाई सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न आफू लागिपर्ने बताउनुभयो। Are...

Read More

‘प्यानलमा भन्दा व्यक्तिमा विश्वास गर्छु’

मेलबर्न । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा भिक्टोरियाबाट एससीसी सदस्यको लागि गान्धी प्रसाद भट्टराईले उम्मेद्वारी दिनुभएको छ ।हाल गुल्मेली समाज भिक्टोरियामा आबद्ध उहाँ कुनै प्यानल बिना स्वतन्त्र रुपमा उठ्नुभएको हो । प्यानलमा नभई नेपाली समुदायको एकता र समृद्धिको लागि काम गर्ने जोकोही व्यक्तिलाई समर्थन गर्छु भन्ने भट्टराईले आफ्ना एजेण्डाहरुबारे भन्नुभयो, ” मेरो मूख्य उद्देश्य त एनआरएनए आम सर्वसाधारण र विपन्न वर्गसम्म पुगोस् भन्ने हो । यसको साथै एनआरएनएलाई नेपाली समुदायका अरु संघसंस्थाहरुसंग मिलेर अगाडी बढोस् भन्ने चाहनाले त्यसको लागि आवश्यक पहल गर्नेछु । एनआरएनए सबैको साझा संस्थाहो भन्ने आम मानिसमा महसुस गराउनको लागि सदस्यता प्रक्रियालाई सामान्य बनाउनु...

Read More

‘नेपाली समुदायलाई एकतामा बाँध्दै भिक्टोरियालाई हाम्रो हितमा विकास गरौँ’

मेलबर्न। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ८ मा हुने निर्वाचनमा भिक्टोरियाको सहसंयोजक पदको लागि डा. युगेन्द्र रेग्मीले उम्मेद्वारी दिनुभएको छ। पी.एच.डी इन्जिनियर रेग्मीले वर्तमान भिक्टोरिया एससीसीले गरेका उत्कृष्ट कार्यहरुलाई निरन्तरता दिदैं आफूभित्र भएको अनुभव, सिप र ज्ञानलाई पूर्ण रुपले प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै उहाँले संस्थालाई अझ उर्जाशील बनाउने प्रण गर्दै संस्था प्रतिको विश्वसनीयतालाई प्रगाढ बनाउने प्रतिबद्दताका साथ उम्मेद्वारी दिएको समेत बताउनुभयो । एजेन्डाहरुबारे राखेको जिज्ञासामा प्रस्ट पार्दै उहाँले भन्नुभयो, ” नेपाली समुदायलाई एकतामा बाँध्दै भिक्टोरियालाई हाम्रो हितमा विकास गरौँ भन्ने मेरो मूख्य एजेन्डा हो । त्यसको लागि न्याभ लगायतका नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्ने, हाम्रो समुदायका बुद्धिजिवीहरुलाई...

Read More

Cake To Nepal

फेसबुक