Category: अष्ट्रेलिया

अष्ट्रेलियामा पौडी सिक्दै नेपाली महिलाहरु

मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा “लर्न टु स्विमिङ्ग” तालिम सुरु भएको छ । सिड्नीमा बसोवास गर्ने महिलाहरुको लागि सो तालिम आयोजना गरिएको हो । गत मार्च २५ देखि सुरु भएको तालिम आगामी मे २० सम्म संचालन हुनेछ । यो तालिम प्रत्येक शनिबार साढे चार बजेदेखि साढे पांच बजेसम्म हर्सभिल एक्वाईटिक सेन्टरमा हुने गर्दछ । आठ हप्ता चल्ने सो तालिम स्थानिय जर्जेज रिभर काउन्सिल र नेपाली अष्ट्रेलियन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेका हुन् । तालिममा पानीमा डुबेको मानिसलाई कसरि उद्धार गर्ने, आधारभूत प्राथमिक उपचार र अष्ट्रेलियामा उपलब्ध वाटर सेफ्टीको बारेमा जानकारी दिईन्छ...

Read More

अष्ट्रेलियामा विश्वकै अलग ‘खुल्ला डाइनोसर संग्राहलय’

मेलबर्न । अष्ट्रेलियामा खुल्ला डाइनोसर संग्राहलय निर्माण गरिएको छ । अष्ट्रेलियाको मध्य-पश्चिम क्विन्सल्याण्डमा सो संग्राहलय निर्माण गरिएको हो । १.३ मिलियन डलरको लागतमा वर्षौं समय लगाएर डाइनोसर संग्राहलयको निर्माण गरिएको हो । अस्ट्रेलियामा डाइनोसर र प्राकृतिक सम्पदाको ईतिहासलाई जीवित राख्नको लागि सो संग्राहलयको निर्माण गरिएको संग्राहलयका संस्थापक डेविड एल्लिओतले बताएका छन् । डेविड एल्लिओतले सन् १९९९ मा आफ्नो जमिनमा डाइनोसरको हड्डी पत्ता लगाएका थिए । त्यसयता उनले संग्राहलय निर्माणको परिकल्पना गरि राज्य बाट प्राप्त सहयोगले सो संग्राहलय निर्माण गरेका हुन् । यो संग्राहलय विश्वमा अहिले सम्म निर्माण गरिएका डाइनोसर संग्राहलय भन्दा निकै भिन्न रहेको बताईएको छ । आगामी अप्रिल...

Read More

अष्ट्रेलियामा नयाँ विद्यार्थीहरुको लागि सहयोगी माध्यमहरु

मेलबर्न । अष्ट्रेलिया आउने नयाँ विद्यार्थीहरुको सहयोगको लागि यहाँ विभिन्न सहयोगी माध्यमहरु हुन्छन् । यहाँ सहयोग लिन सकिने केहि माध्यमहरुको चर्चा गरिएको छ । अष्ट्रेलियाका विभिन्न राज्यमा विद्यार्थीहरुको लागि हटलाईन सेवा हुन्छ । कुनै पनि समस्या पर्दा यस मार्फत सेवा लिन सकिन्छ । हटलाईन नम्बरमा कल गर्दा आफ्नो नाम, यहाँ कुनै पनि व्यक्तिगत विवरण दिनु अनिवार्य हुँदैन । विद्यार्थीहरुको सहयोगको लागि अष्ट्रेलियामा रहेका विभिन्न सेवा प्रदायकबाट अष्ट्रेलियाको जीवनशैली, पर्यटकीय स्थल, विद्यार्थी भिसा सुविधा, बसाई, ब्याङ्किङ्ग आदिको बारेमा बुझ्न सकिन्छ । आफूले पढ्न लागेको शैक्षिक संस्थाले दिने ओरेन्टेसन कार्यक्रम मार्फत आवश्यक परामर्श लिन सकिन्छ। शैक्षिक संस्थामा ओरेन्टेसन कार्यक्रम सामान्यत: सेमेस्टर...

Read More

१३ वर्षीय नेपाली बालक अष्ट्रेलियाको न्यु साउथ वेल्सको क्रिकेट टोलीमा

मेलबर्न । १३ वर्षीय नेपाली बालक देवाशिष अधिकारी अष्ट्रेलियाको न्यु साउथ व्हेल्स राज्य क्रिकेट टोलीमा छनोट भएका छन् । न्यु साउथ वेल्स राज्यका १३ वर्षमुनिका खेलाडी समूहको खेलमा उत्कृष्ट ठहरिएकोले उनले यो अवसर प्राप्त गरेका हुन् । ७ कक्षामा अध्ययनरत देवाशिषले अबको एक वर्ष मेल मेट्रोपोलिटियन एकेडेमी स्क्वाडमा प्रशिक्षण लिदै खेलहरु खेल्नेछन् ।यो एकेडेमीले अष्ट्रेलियाका राष्ट्रिय टोलीका पूर्व कप्तान माइकल क्लार्क, मिचेल स्टार्क लगायतलाई उत्पादन गरेको छ । पढाईमा समेत अब्बल उनि नुवाकोटमा जन्मिएर बुवा आमा संगै सन् २०१२ मा अष्ट्रेलिया आएका थिए । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill...

Read More

यी हुन् अष्ट्रेलियाका विशिष्ट नागरिकहरु

मेलबर्न । अष्ट्रेलियाको जनगणना तथ्याङ्क २०१६ अनुसार विशिष्ट अष्ट्रेलियाली नागरिकको प्रोफाइल सार्वजनिक भएको छ । अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स ले सार्वजनिक गरेको सो तथ्याङ्क अनुसार विशिष्ट अष्ट्रेलियाली नागरिक ३८ वर्षीय महिला छिन् जसका आमा बाबु दुवै अष्ट्रेलियाका नागरिक हुन् । विवाहित उनि २ वटा बच्चाको आमा हुन् र तिन वटा सुत्नेकोठा सहितको घरमा बस्छिन् । १२ कक्षा बराबरको पढाई पूरा गरेकी विशिष्ट अष्ट्रेलियाली नागरिकले प्रयोग गर्ने भाषा अंग्रेजी हो । उनि घरायसी काममा ५ देखि १४ घण्टा समय दिन्छिन् । उनका दुई वटा गाडी छन् । त्यस्तै विशिष्ट माइग्रेन्ट अष्ट्रेलियाली नागरिक बेलायतकी ४४ वर्षीय महिला हुन् जो अंग्रेजी भाषा...

Read More