Category: अष्ट्रेलिया

अष्ट्रेलियामा लालोर हिरो अवार्डद्वारा महेश भण्डारी सम्मानित

मेलबर्न । अष्ट्रेलियामा लालोर हिरो अवार्डद्वारा नेपाली मुलका महेश भण्डारी सम्मानित भएका छन् । भण्डारीले लालोर क्षेत्रमा सामाजिक कामको लागि खेलेको भूमिकाको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो । वेईरवीस्थित ईटालियन स्पोर्टस क्लबमा आयोजित एक विशेष कार्यक्रममा पार्लियामेन्ट सदस्य तथा लेबर नेतृ जोयन रायनले अवार्ड प्रदान गरेकी थिइन् । उक्त कार्यक्रममा भण्डारी सहित करिब तीस जनाले अवार्ड प्राप्त गरेका थिए । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्दै आएका महेश भण्डारी यहाँको स्थानीय राजनीतिमा सक्रिय छन् । उनी अष्ट्रेलियन लेबर पार्टीको टार्नेट शाखाका अध्यक्ष समेत हुन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियाको मेलबर्न डबलीमा हरिवंश आचार्य

मेलबर्न । बहुप्रतिभाशाली कलाकार र वहुआयमिक व्यक्तित्व हरिवंश आचार्य अष्ट्रेलियाको मेलबर्नवासी नेपालीहरु माझ उपस्थित हुने भएका छन् । सोलाङ्चरको आयोजनामा हुँदै आएको मेलबर्न डबलीमा यसपटक सुविख्यात मह जोडीमध्येका ह अर्थात हरिवंश आचार्य उपस्थित हुन लागेका हुन् । डबलीमा अभिनेता,गायक तथा लेखक आचार्यले आफ्नो कलाकारिता र लेखन यात्राकाबारेमा आफ्ना अनुभवहरु सुनाउनेछन् । थनबरी थियटरको हलमा यही अक्टुवर २७ तारिखको साँझ ६ः३० बजेदेखि शुरु हुने कलाकार आचार्यसँगको मिट एण्ड ग्रीट कार्यक्रममा इच्छुकहरुलाई निशुल्क सहभागीताको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसैले नेपालीहरु माझ सम्मानित व्यक्तित्वका रुपमा रहेका आचार्यसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी बन्ने अवसर नछुटाउन आयोजकले अनुरोध गरेको छ । सहभागी बन्न...

Read More

अष्ट्रेलियामा नेपाली जनसम्पर्क समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

मेलबर्न । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको आयोजनामा शुभकामना आदनप्रदान तथा बार्बीक्यु कार्यक्रम सम्पन्न भएको छ । समितिले नेपाली महान चाडपर्वहरु दशै, तिहार, म्ह पूजा, तथा छठ पर्वहरुको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन विशिष्ट अतिथि रहनुभएको थियो । नेपालीहरुको चाडपर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै योञ्जनले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशुद्ध सामाजिक तथा सांस्कृतिक भावनाबाट उत्प्रेरित भइ नेपाली समुदायलाई योगदान पुर्याएका व्यक्तित्वहरु, साउथ अष्ट्रेलियाको जन सम्पर्क समितिका अध्यक्ष अर्जुन लम्साल, नेपालबाट मेलबर्नमा आएर रहनु भएका...

Read More

अष्ट्रेलियामा १६ वर्षीय किशोरद्वारा ५३ वर्षीय एक व्यक्तिमाथी यौन हिंसा

मेलबर्न । अष्ट्रेलियामा १६ वर्षीय एक किशोरले ५३ वर्षीय एक व्यक्ति माथी यौन हिंसा गरेका छन् । सिड्नी एक सपिङ्ग सेन्टरको कार पार्किङ्गमा घटना घटेको हो । कार पार्किङ्गमा ती किशोरले ५३ वर्षका ती व्यक्ति माथी जबर्जस्ति गर्न खोजे । अपरिचित किशोरले त्यस्तो व्यवहार गरेपछि अत्तालिएर उनी भाग्न खोजे । त्यसपछि ती किशोरले उनलाई चक्कु देखाएर यौन हिंसा गरेका थिए । घटना घटेको केही छिन पछि नै ती व्यक्तिले प्रहरीलाई सम्पर्क गरे र प्रहरीले किशोरलाई पक्राऊ गर्यो । प्रहरीले ती किशोरको साथमा चक्कु भएको बताएको छ । ती किशोर माथी, यौन हिंसा, हतियारले आक्रमण गरेको र हतियार राखेको गरि...

Read More

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया कसरी जाने ? यस्तो छ भिसा प्रक्रिया

मेलबर्न । अष्ट्रेलिया जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो– ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् । परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् ।...

Read More