Day: १५ श्रावण २०७७, बिहीबार ११:३९

वेस्टर्न अष्ट्रेलियामा संक्रमण फैलिएर भिक्टोरियाको जस्तो अवस्था हुन सक्ने डाक्टरहरुको चेतावनी

पर्थ। वेस्टर्न अष्ट्रेलियामा कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै डाक्टरहरुले चेतावनी दिएका छन्। वेस्टर्न अष्ट्रेलियामा एक जना मात्र नयाँ संक्रमित भेटिएका छन्। यस अवस्थामा सन्तोष मानेर राज्य सरकार बसेमा र सामाजिक दूरीको नियमलाई बेवास्ता गरिएमा भिक्टोरियाको जस्तो अवस्था हुनसक्ने भन्दै उनीहरुले चेतावनि दिएका हुन्। वेस्टर्न अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले भने भिक्टोरियाले गरेका गल्तीलाई नदोहोर्याई सम्भावित महामारीलाई रोक्न तयारी भैरहेको बताएका छन्। Source : 7News Please follow and like...

Read More

लोकप्रिय कलाकार हरिवंश आचार्यको गाईजात्रा भिडियो ‘तिमी के को जान्ने’ सार्वजनिक

काठमाडौं। लोकप्रिय कलाकार हरिवंश आचार्यको गाइजात्रा विशेष भिडियो सार्वजनिक भएको छ। यस वर्षको गाइजात्रा भिडियोमा आचार्यले गीत मार्फत व्यंग गरेका छन्। गीत तथा भिडियोमा आचार्यले विशेषगरि अहिले नेपालमा चलिरहेको राजनीतिक गुटबन्दी, खिचातानी, चाप्लुसी, नेताहरुमा मै हूँ भन्ने अहमता र राजनीति तथा समाजमा ‘म मात्र जान्ने छु’ भन्ने मान्छेहरुको अहमतामाथि झटारो हानेका छन्। हरिवंशको स्वर तथा प्रस्तुति रहेको गीतको शब्द हरिवंशले नै लेखेका हुन्। भिडियोलाई मह संचारको युट्युब च्यानलमा हेर्न सकिन्छ। Please follow and like...

Read More

‘अष्ट्रेलियामा अहिले काम खोज्नु भनेको भित्तामा टाउको ठोक्नु जस्तो ‘

मेलबर्न। अष्ट्रेलियामा अहिले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा प्रभाव परिरहेको छ। जसको प्रत्यक्ष प्रभाव रोजगारीमा परिरहेको छ। हाल धेरैले रोजगारी गुमाइरहेको अवस्था छ भने काम गरिरहेकाहरुले समेत कम तलब पाइरहेको अवस्था छ। यसै प्रसङ्गमा नाइनन्युजले मेलबर्नमा बस्दै आएकी ३७ वर्षिया महिलाको अहिलेको अनुभव प्रकाशन गरेको छ। ती महिलाले भनेकी छिन् , ” मैले इभेन्ट म्यानेजरको रुपमा काम गर्दै आएकी थिएँ। मैले १५ वर्ष अगाडी उक्त काम थालेकी हूँ। तर कोरोना संक्रमण फैलिएयता इभेन्टहरु बन्द भएपछि मेरो आम्दानीको स्रोत पनि हरायो। त्यसयता काम खोज्दै मैले करिब एक सय जति जागिरमा एप्लाई गरें। तर मैले काम पाउन सकिन” । उनले एप्लाई...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा यी हुन् कोरोना संक्रमित भेटिएका ठाउँहरु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमण अहिले ह्वात्तै बढिरहेको छ। बिहिबार बिहान एकै दिनमा ७ सय २३ जना नयाँ संक्रमित भेटिएको तथ्यांक सार्वजनिक भएको थियो। ती नयाँ संक्रमितहरु मेलबर्नबाट भने नरहेको बताइएको छ। भिक्टोरियामा हालसम्म निको नभएका संक्रमितहरु ४ हजार ८ सय ३९ जना रहेका छन्। सेभेन न्युजका अनुसार, ती संक्रमितहरु निम्न ठाउँका रहेका छन्। Brimbank – 603 Wyndham – 532 Hume – 392 Melbourne – 276 Whittlesea – 352 Moreland – 282 Moonee Valley – 214 Melton – 253 Casey – 186 Banyule – 144 Yarra – 158 Maribyrnong – 149 Darebin – 103 Greater Dandenong – 130 Stonnington...

Read More

अष्ट्रेलियाबाट स्वदेश फर्किन चाहने नेपालीहरुलाई लिएर अर्को विमान अगस्ट ६ मा उड्ने

सिड्नी। अष्ट्रेलियाबाट स्वदेश फर्किने चाहने नेपालीहरुलाई लिएर अर्को विमान अगस्ट ६ मा उड्ने भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले अगस्ट ६ मा सेमी-चार्टर्ड विमान सिड्नीबाट काठमाडौंका लागि उड्ने जनाएको हो। विमान अगस्ट ६ मा सिड्नीबाट उड्ने छ। सिंगापुर एयरलायन्सको उक्त विमान सिड्नीबाट सिंगापुर हुँदै काठमाडौंमा अगस्ट ७ मा अवतरण हुनेछ। मेलबर्न, होबर्ट र गोल्डकोस्टबाट आउने यात्रुलाई अतिरिक्त १५० डलर शुल्क लाग्ने गरि फ्लाइटको व्यवस्था हुने तर अन्य ठाउँबाट आउने यात्रुले भने विमानस्थलसम्मको यातायात व्यवस्था आफै गर्नुपर्ने एनआरएनए अष्ट्रेलियाले जनाएको छ। विस्तृत जानकारीको लागि : NRNA Australia       AUS-NEPAL REPATRIATION FLIGHT ON 06th AUGUST...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031