Day: १४ श्रावण २०७७, बुधबार १५:१५

अस्ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु प्रभावित

सिड्नी । अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलो (बुस फायर) मा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ ।अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ ।   डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ ।प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि...

Read More

हर्सट्भिलको वेस्टफिल्डमा भेटिएको कोरोना भाइरस संक्रमण नियन्त्रण भित्र

सिड्नी । नेपालहरुको बाक्लो बसोबास भएको दक्षिण् पुर्बी सिड्नीको हर्सट्भिलमा कोरोना  भाइरस संक्रमित एक जना  भेटिएको यहाँको स्वास्थ्य निकायले पुस्टि गरेको छ ।  उक्त संक्रमणको श्रोत पत्ता लागेकाले र नियन्त्रणका उपाएहरु लागु भैसकेकाले डराउनु पर्ने भने छैन । सिड्नीको दक्षिण पुर्बी स्थानीय स्वास्थ्य इकाई कार्यालयले जनाए अनुसार हर्सट्भिलको वेस्टफिल्ड सपिंग सेन्टर भित्रको एक नंग सैलुनमा उक्त संक्रमित व्यक्ति भेटिएको हो ।उक्त निकायले सिंगो हर्सट्भिल र सपिंग सेन्टर भने खतरा भित्र नरहेको बताएको छ । कोरोना भाइरस भेटिएको पसल बन्द गरि पूर्ण सफाई गरिएको र सबै स्वास्थ्य निर्देशनहरु पालना गरिएको हर्सट्भिलको वेस्टफिल्ड सपिंग सेन्टरले बताएको छ ।   एउटा अन्त्येष्टि...

Read More

सेमेष्टरको भदौ र वार्षिकको असोज महिनामा परीक्षा गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए । त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा आइसोलेसनमा बस्न भनिएका कैयौं व्यक्तिहरु जाँच गर्दा घरमा भेटिएनन्

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा सेल्फ आइसोलेसनमा बस्न पठाइएका व्यक्तिहरु जाँच गर्न जाँदा घरमा भेटिएका छैनन्। भिक्टोरियामा जनस्वास्थ्य अधिकारीहरु आइसोलेसनमा बसिरहेका व्यक्तिहरुको घरमा जाँच गर्न पुगिरहेका छन्। सोही जाँचमा गत एक हप्तामा २९ जना व्यक्ति घरमा नभेटिएको बताइएको छ। आइसोलेसनमा बस्नुपर्ने नियम उल्लङ्घन गरेकोले उनीहरु विरुद्ध प्रहरीमा खबर गरिएको अधिकारिहरुले जनाएका छन्। राज्य सरकारले आइसोलेसनमा बस्न पठाइएका प्रत्येक व्यक्तिको घरमा पुगेर आइसोलेसनमा बसे/नबसेको जाँच गरिने बताएका छन्। https://bit.ly/3fgRYgG Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा २० वर्ष उमेर समूहका युवामा बढ्यो कोरोना संक्रमण, ३ जनाको अवस्था गम्भीर

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा २० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य विभागले जारि गरेको तथ्यांक अनुसार, २० वर्ष उमेर समूहका १० जना भिक्टोरियावासी युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अहिलेसम्म ६० वर्ष उमेरमाथिका व्यक्तिमा कोरोना संक्रमण गम्भीर देखिएको थियो। चिकित्सकहरुले यो वृद्धहरुका लागि मात्र खतरनाक भाइरस नभएको भन्दै सचेत रहन आग्रह गरेका छन्। Source : 7News https://bit.ly/3fgRYgG Please follow and like...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031