Day: १३ श्रावण २०७७, मंगलवार १२:५९

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ । जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । Please follow and like...

Read More

अष्ट्रेलियाबाट बिहिबार काठमाडौं उड्ने जहाजको समय तालिका परिवर्तन

सिड्नी। अष्ट्रेलियाको सिड्नीबाट बिहिबार काठमाडौं उड्ने जहाजको समय तालिका परिवर्तन भएको छ। अष्ट्रेलियाबाट नेपाली नागरिक लिएर बिहिबार मालिनडो एयरको विमान काठमाडौं उड्दै छ। यसअघि उक्त चार्टर्ड फ्लाइट बिहिबार बिहान ६ बजे उड्ने समय तालिका राखेको थियो। परिवर्तित समय तालिका अनुसार, जहाज बिहिबार साँझ ५:१५ मा सिड्नीबाट उड्ने एनआरएनए अष्ट्रेलियाले जनाएको छ। १ सय ६० जना नेपाली बोकेर उड्ने उक्त जहाज काठमाडौंमा अर्को दिन बिहान ६:१५ मा अवतरण हुनेछ। इन्डोनेसिया, मलेसिया हुँदै काठमाडौं पुग्ने जहाज ४० मिनेटका लागि इन्डोनेसियामा रोकिनेछ। तर यात्रु भने सिड्नीबाट चढेपछि सिधै काठमाडौंमा मात्र उत्रिन पाउनेछन्। Please follow and like...

Read More

अष्ट्रेलियाको नागरिकता पाउने आप्रवासीको संख्यामा गत वर्षभन्दा ६० प्रतिशतले वृद्धि

मेलबर्न। अष्ट्रेलियाको नागरिकता पाउने आप्रवासीको संख्यामा गत वर्षभन्दा ६० प्रतिशतले वृद्धि भएको छ। इमिग्रेसन तथा सिटिजनसिप विभागले जारि गरेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०१९/२० मा २ लाख ४ हजार ८ सय १७ जनाले नागरिकता प्राप्त गरेका छन्। नागरिकता प्राप्त गर्नेमा सबैभन्दा बढी भारतीय र त्यसपछि बेलायति अनि चिनियाँ मुलका व्यक्तिहरु रहेका छन्। जसमध्ये ३८ हजार २०९ भारतीय, २५ हजार ११ बेलायती, १४ हजार ७ ६४ चिनियाँ, १२ हजार ८ सय ३८ फिलिपिनो, ८ हजार ८ सय २१ पाकिस्तानी, ६ हजार ८ सय ४ भियतनामी, ६ हजार १ सय ९५ श्रीलंकाली, ५ हजार ४ सय ३८ दक्षिण अफ्रिकी, ५ हजार ३...

Read More

अष्ट्रेलियावासी कपिल सापकोटाको प्रेरणादायी संदेश सहितको नयाँ म्युजिक भिडियो: ‘पछि पर्दिन’

मेलबर्न। अष्ट्रेलियामा रहेर विशेषगरि नेपाली हिपहप संगीतमा आफ्नो पहिचान बनाउँदै गरेका कपिल सापकोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोमा युवाहरुलाई साहस बटुलेर अगाडी बढ्नुपर्ने, भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्ने र कुरालाई भन्दा कामलाई प्राथमिकता दिनुपर्ने संदेश दिइएको छ। म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले युट्युब मार्फत सार्वजनिक गरेको हो।   Please follow and like...

Read More

अष्ट्रेलियाको सिड्नी स्थित जीमखानामा कोरोना भाइरस संक्रमित सहभागी भएको पुष्टि

सिड्नी। अष्ट्रेलियाको सिड्नी स्थित जीमखानामा कोरोना भाइरस संक्रमित सहभागी भएको पुष्टि भएको छ। फिटनेस फस्ट जीमखानामा कोरोना भाइरस संक्रमित पनि सहभागी भएको पुष्टि भएको हो। जीमखानाका अनुसार, उनी त्यहाँ जुलाई २० मा पुगेका थिए। संक्रमित व्यक्ति जीमखानाको कक्षामा सहभागी भएको तर जीम फ्लोर प्रयोग नगरेको बताइएको छ। न्यु साउथ वेल्स स्वाथ्य विभागले ती व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई सम्पर्क गरी सेल्फ आइसोलेसनमा बस्न पठाएको छ। Source : 7News https://bit.ly/3fgRYgG Please follow and like...

Read More
  • 1
  • 2