Day: १२ श्रावण २०७७, सोमबार १०:४२

अष्ट्रेलियाको भिक्टोरियामा बाल अस्पतालको एनआइसीयुमै फैलियो कोरोना, नवजात शिशुमा समेत संक्रमण

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा अस्पतालको एनआइसियुमै कोरोना संक्रमण फैलिएको भेटिएको छ। रोयल चिल्ड्रेन हस्पिटलको एनआईसीयुमा कोरोना भाइरस संक्रमणका चार नयाँ केस भेटिएका हुन्। संक्रमित मध्ये दुई जना अभिभावक, एउटा शिशु र एकजना त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी रहेको स्वास्थ्य अधिकारिहरुले जनाएका छन्। संक्रमित शिशु ३ हप्ता पनि नपुगेको र उनलाई आइसीयुमा राखेर उपचार भइरहेको बताइएको छ। १२ जुलाई देखि यता उक्त हस्पिटलको बटरफ्लाई वार्डमा दुई घण्टा भन्दा बढी बिताएका सम्पूर्णको कोरोना परिक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्। Please follow and like...

Read More

अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार

सिड्नी। अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार भएको छ। जुलाई २६, आइतबारका दिन ललिपप्स प्लेल्याण्डमा उक्त घटना घटेको हो। खेल्दै गरेकी बालिका २० मिनेटसम्म हराएकी थिइन्। अर्की बालिकाले कोही रोइरहेको सुनेपछि ती बालिकाकी आमालाई खबर गरेकी थिइन्। त्यसपछि खोज्दै जाँदा ती बालिका घायल अवस्थामा स्टोर रुमभित्र भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, त्यस समयमा त्यहाँ थुप्रै बालबालिकाको बर्थडे पार्टी चलिरहेको थियो। जसले गर्दा दोषी पत्ता लगाउन समय लागेको छ। तर सिसिटिभीका सम्पूर्ण फुटेज र त्यहाँ त्यो समयमा रहेका व्यक्तिहरुसंग कुराकानी गरेपछि दोषी सम्म पुग्न सकिने विश्वास प्रहरीले लिएको छ। ललिपप्स प्लेल्याण्ड अहिले बन्द रहेको छ...

Read More

अष्ट्रेलियाको सिड्नीमा अर्को रेष्टुरेन्टमा पनि भेटिए कोरोना संक्रमित, रेष्टुरेन्ट बन्द

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा फेरी अर्को रेष्टुरेन्टमा पनि कोरोना भाइरस संक्रमणको केस फेला परेको छ। संक्रमण देखिएपछि अहिले रेष्टुरेन्ट बन्द गरिएको छ। Potts Point मा रहेको The Apollo रेष्टुरेन्ट अहिले बन्द भएको हो। यसअघि Potts Point कै Thai Rock रेष्टुरेन्टमा पनि कोरोना भाइरस संक्रमणको २ वटा केस भेटिएको थियो। Thai Rock रेष्टुरेन्ट Wetherill Park मा रहेको Thai Rock रेष्टुरेन्टको शाखा हो, जहाँ कोरोना भाइरस संक्रमणको ७० वटा केस फेला परेको थियो। Please follow and like...

Read More

अष्ट्रेलियामा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना

मेलबर्न। अष्ट्रेलियामा नेट ओभरसिज माइग्रेसन ह्वात्तै घट्ने बताइएको छ। बिहिबार जारि भएको इकोनोमिक अपडेटमा अघिल्लो आर्थिक वर्ष भन्दा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको हो। २०१९ / २० मा सरकारले १ लाख ५४ हजार पीआर भिसा दिएको थियो। २०२० /२१ मा भने नेट ओभरसिज माइग्रेसन ३१ हजार मात्र पुग्ने सम्भावना रहेको छ। कोरोना भाइरस संक्रमण तथा लकडाउनको प्रत्यक्ष प्रभाव ओभरसिज माइग्रेसनमा प्रत्यक्ष देखिने भएको हो। विस्तृत जानकारीको लागि : migrant-intake-to-drop-massively-by-80-per-cent-in-2020-21 Please follow and like...

Read More

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खुल्ला

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खोल्ने अवसर रहेको छ। यसको लागि उद्धमशील सोंच हुनुपर्ने भने अनिवार्य रहेको रहेको छ। अष्ट्रेलियाको क्विन्सल्याण्डमा सानो उद्धम गर्न चाहनेहरुले ४९१ भिसा प्राप्त गर्न सक्छन्, जसले पीआरको लागि बाटो खुल्ला गरिदिन्छ। यो भिसाको लागि रिजनल क्विन्सल्याण्डमा बिजनेस रहनुपर्छ। तर स्टार्ट अपका लागि यो अवसर भने छैन। यो भिसाको लागि न्युनतम १ लाख डलरमा चलिरहेको बिजनेस किन्नुपर्ने हुन्छ। त्यसपछि ६ महिनासम्म उक्त बिजनेस चलाएपछि मात्र भिसाको लागि योग्य मानिन्छ। र, बिजनेसमा कामदार राख्दा कम्तिमा एक जना अष्ट्रेलियन नागरिकलाई फुल टाइम कामदारको रुपमा राख्नुपर्छ। विस्तृत जानकारीको लागि : this-pathway-to-australian-pr-is-available-at-50-points Please follow and...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031