Day: ११ श्रावण २०७७, आईतवार ०४:११

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं – वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ...

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा – राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ। ‘संक्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि भएको थोरै जनशक्तिले पनि काम जारी राख्यौँ’, आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ।’लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए। खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पु¥याइएको छ। काम धमाधम भइरहेको छ। बिदामा चीन (स्वदेश) गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण...

Read More

गोलकोष्टमा सवारी दुर्घटनामा ४ को मृत्यु

साउन ११, काठमाडौं  कुईन्सल्याण्ड प्रहरीका अनुसार गोलकोष्टको एडभान्स टाउनमा शनिवार दिउसो दुई वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको हो । एउटा गाडीको चालकले नियन्त्रण गुमाएर विपरित दिशाबाट आईरहेको गाडीसंग ठोक्किएको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।  घटना स्थलमा आपतकालिन सेवादल पुगेको थियो । मृत्यु हुने चारै जना पहिलो गाडीमा सवारी रहेको प्रहरीको भनाई छ । सामान्य घाइते अर्को सवारीका चालकको भने गोलकोष्टमा उपचार भईरहेको छ । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । शनिवार दिनभरी नै ब्रिजवन र गोलकोष्ट क्षेत्रमा वर्षा भईरहेको छ । जसले सडकमा यात्रा गर्दा जोखिम बढाएको छ। photo – QLD police Please follow and like...

Read More

जुलाइ ३० मा अष्ट्रेलियाबाट नेपाल चाटर्ड उडान हुने

साउन ११,मेलवर्न कोराना भाइरसका कारण अष्ट्रेलियामै रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आगामी जुलाई ३० तारिखमा उडान हुने तय भएको छ । नेपाली दूतावास क्यानवेरा, गैरआवासिय नेपाली संघ र पत्रकारहरुको पहलमा सिड्नीबाट मालिन्दो एयरलाइन्सको उडानबाट नेपालीलाई स्वदेश फर्काउन लागिएको हो । यसपाली विमान चार्टड गर्ने जिम्मा नेपालको मेघ ट्राभल्सले पाएको छ । यसपाली नेपाल फर्कनका लागि इकोनोमीतर्फ ११ सय २० अमेरिकी डलर र विजनेस क्लासका लागि १६ सय अमेरिकी डलर भाडा तोकिएको छ । यो भाडादर यसअघिको सबै उडानको तुलनामा सबैभन्दा सस्तो हो । यसअघि नेपाल एयर लाइन्सको चाटर्ड उडानको भाडा १६ सय ५० र सिंगापुर एयरबाट भएको सेमी चाटर्ड...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031