Day: ७ श्रावण २०७७, बुधबार १५:११

न्यूसाउथवेल्समा अनावश्यक यात्रा नगर्न प्रिमियरको आग्रह

 साउन ७, अस्ट्रेलियाको न्यूसाउथवेल्स सरकारले आगामी केही हफ्ता कोरोना नियन्त्रण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने हुँदा राज्यका वासिन्दालाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। गत २४ घण्टामा १६ वटा नयाँ कोरोना केस थपिएपछि राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले बुधबार मिडियासँगको कुराकानीका क्रममा सो कुरा बताएकी थिइन्। ‘तपाईंहरू जुनसुकै ठाउँमा बसे पनि फरक पर्दैन। भाइरस तपाईंको समुदायमा आउन सक्छ। अनि तपाईंले नचाहँदा नचाहँदै पनि अरू समुदायलाई भाइरस सार्न सक्नुहुन्छ। त्यसैले यस राज्यभित्र बस्ने सबै ८० लाख मानिस सतर्क हुन आवश्यक छ। हामी अहिले यस राज्यमा कोरोना नियन्त्रण गर्न सकिने सबैभन्दा महत्वपूर्ण बिन्दुमा उभिएका छौं’, प्रिमियर बेरिजिक्लिन्ले भनिन्। न्यूसाउथवेल्स राज्यका प्रमुख मेडिकल अफिसर डा. केरी चान्टले सबै समुदाय ‘हाइ अलर्ट’ मा रहँदै जोखिमपूर्ण गतिविधि र यात्रा गर्दा शतर्क हुनुपर्ने बताए। भिक्टोरिया-न्यूसाउथवेल्स सीमा क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह यसैबीच न्यूसाउथवेल्स प्रहरीले नयाँ सीमा प्रतिबन्धका कारण ‘परमिट होल्डर’ लाई मात्र भिक्टोरिया राज्यबाट न्यूसाउथवेल्स आउने अनुमति दिइने जनाएको छ । यसअघि जारी गरिएका सबै ‘परमिट’ हरू रद्द भइसकेको जानकारी दिँदै न्यूसाउथवेल्स प्रहरीले नयाँ ‘परमिट’का लागि पुनः आवेदन दिनुपर्ने बताएको छ । ‘अपरेसन बोर्डर क्लोजर’ का कमाण्डर असिस्टेन्ट कमिस्नर स्कट ह्वाइटले बिहान र बेलुकीको ‘पिक’ अवधिमा अनावश्यक यात्रा नगर्न समुदायलाई आग्रह गरे। ‘नयाँ परमिटसँग समायोजित हुन समुदाय तथा प्रहरीलाई केही समय लाग्ने भएकाले चेकपोइन्टहरूमा केही ढिला हुन सक्नेछ’, असिस्टेन्ट कमिस्नर ह्वाइटले भने। नयाँ लागू गरिएको सीमा प्रतिबन्धको अवज्ञा गरेमा १ हजारदेखि ११ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना हुने अथवा ६ महिनासम्म जेल सजाय हुने व्यवस्था रहेको पनि प्रहरीले...

Read More

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा २४ घण्टामा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला

 साउन ७, मेलबर्न अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गत २४ घण्टाको अवधिमा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो सङ्ख्या कोरोना संक्रमण शुरू भएपछि भिक्टोरिया राज्यमा एकै दिनमा भेटिएको सबैभन्दा उच्च सङ्ख्या हो। सो राज्यमा गत मङ्गलबार कोरोना संक्रमित हुनेको सङ्ख्या ३ सय ७४ रहेको थियो। त्यसैगरी आजै दुईजना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले आज पत्रकार सम्मेलनमार्फत् यो सङ्ख्याको पुष्टि गरेका हुन्। आज भेटिएका संक्रमितहरूमध्ये ९७ जनाको कोरोना श्रोत पत्ता लागिसकेको तथा ३ सय ८७ जनाको श्रोतको खोजि भइरहेको छ। मेलबर्नमा मास्क अनिवार्य भिक्टोरिया राज्यको मेलबर्न महानगर तथा मिचेलसायर क्षेत्रमा बुधबार...

Read More

अस्ट्रेलियामा सात हजार बढी माइग्रेसन एजेन्ट, वकिलले पनि एजेन्टको काम गर्न पाउने

७ साउन बुधबार सन् २०२० को पहिलो सत्रसम्म अस्ट्रेलियाभर वैधानिक रूपमै ७ हजार २४९ माइग्रेसन एजेन्ट संचालनमा छन्। माइग्रेसन रजिष्ट्रेसन अथोरिटीमा दर्ता भएको सो संख्यामध्ये ३० प्रतिशत जति एजेन्टहरुले कानूनी सल्लाह पनि दिन पाउने छन्।पछिल्लो आप्रवासन सम्बन्धी नयाँ कानुनले वकिललाई माइग्रेसन एजेन्टको लागि छुट्टै दर्ता नगरिकन काम गर्न पाउने अधिकार प्रदत्त गरेको छ। अस्ट्रेलियन सरकारको आप्रवास तथा सीमा सुरक्षा विभाग अन्तर्गत दर्ता भएका यी सात हजार भन्दा बढी एजेन्टलाई अफिस अफ दी माइग्रेसन रजिष्ट्रेशन अथोरीटी (ओमारा)ले प्रत्यक्ष रुपमा नियमन गर्छ। भविष्यको सवाल रहेको शैक्षिक सेवामा बिना दर्ता अरूलाई आप्रवासन सम्बन्धी सल्लाह कानूनी रूपमा दिन मिल्दैन, यसो गरेमा कडा भन्दा...

Read More

वर्षापछिको बाढीपहिराका कारण विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ । सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031