Day: ३० असार २०७७, मंगलवार १३:२४

अष्ट्रेलियामा कोरोना विरुद्ध खोपको मानव परिक्षण

अष्ट्रेलिया ,असार ३० अष्ट्रेलियाको युनिभर्सिटी अफ कुईन्सल्याण्डले कोरोना भाईरस विरुद्धको खोपको मानव परिक्षण सुरु गरेको छ । यो परिक्षणसंगै अष्ट्रेलिया कोरोनाको लडाईमा एक कदम अगाडी देखिएको छ । सोमबार विश्वविद्यालयका वैज्ञानिकहरुले सोमबारबाट मानव परिक्षण सुरु गरेको हो । परिक्षण सुरु भए लगत्तै कुईन्सल्याण्ड राज्यकी प्रिमियर एनेस्तासिया पालास्चुकले कोरोना विरुद्धको लडाई विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको मेहनतको प्रशंसा गर्नु भएको छ । ‘कुईन्सल्याण्डमा महान वैज्ञानिक छन् र उनीहरुले निकै उत्कृष्ट काम गरिरहेका छन् – प्रिमियर एनेस्तासियाले भन्नुभयो-‘हामी उनीहरुलाई छिट्टै सफलताको शुभकामना दिन चाहान्छौं ।’  खोप अनुसन्धानका प्रमुख प्राध्यापक पल योङले गत फेब्रवरी १४ तारिखदेखि नै सुरु प्रि क्लिनिकल परिक्षणमा पाएको सफलतापछि नै...

Read More

क्यालिफोर्नियामा पुन: लकडाउन

सानफ्रान्सिस्को,(एजेन्सी) अमेरिकाको सबैभन्दा घना आवादी भएको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढन थालेपछि पुन त्यहाँको व्यापार व्यवशाय र सार्वजनिक स्थलमा कडा लकडाउन लगाइएको छ । गवर्नर ग्याविन न्युसमले सोमवार ततकाल रेस्टुरेन्ट , वार , अन्य मनोरन्जन स्थल चिडियाखाना र संग्रहालयका सम्पूर्ण इन्डोर क्रियाकलाप बन्द गर्न आदेश दिएका छन् । साथै दक्षिण पश्चिमी अमेरिकी राज्यका अन्य अति प्रभावित क्षेहरु जस्तै चर्च र जिमखाना र हेयर सैलुनपनि बन्द गरिने भएको छ । क्यालिफोर्नियामा ३ लाख ३० हजार भन्दा बढि कोरोना संक्रमित देखिएका छन् भने ७ हजार भन्दा बढिको ज्यान गइसकेको छ । विगत दुई साताभित्र झण्डै ४ करोड आवादी रहेको...

Read More

अष्ट्रेलियाको भिक्टोरियाका २० वटा एज्ड केयर होममा भेटिए कोरोना संक्रमित

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा हाल कोरोना संक्रमितको संख्या बढिरहेको छ। कोरोना संक्रमित बढिरहेको क्षेत्रमध्ये एज्ड केयर होम समेत रहेको छ। मंगलबार सम्ममा भिक्टोरियाका बीस वटा एज्ड केयर होममा कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमा एज्ड केयर होममा काम गर्ने स्टाफ र त्यहाँ रहने वृद्ध वृद्धा समेत रहेका छन्। यसरी एज्ड केयर होमसंग सम्बन्धित भेटिएका संक्रमितको संख्या हालसम्म ८६ रहेको छ। त्यसमध्ये, ५० जना स्टाफ, ३५ वृद्ध वृद्धा र एकजना संक्रमितको परिवार सदस्य रहेको बताइएको छ। Menarock Life Aged Care मा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। Source : 7News Please follow and like...

Read More

अष्ट्रेलियन क्यापिटल टेरिटोरी र न्यु साउथ वेल्सका लागि बोर्डर खुल्ला गर्ने साउथ अष्ट्रेलियाको योजना स्थगित

एडलेड। साउथ अष्ट्रेलियाले न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरीका लागि बोर्डर खुल्ला गर्ने योजना हालका लागि स्थगित गरेको छ। न्यु साउथ वेल्सले जुलाई २० देखि न्यु साउथ वेल्ससंगको बोर्डर खुल्ला गर्ने घोषणा गरेको थियो। तर राज्य सरकारले हालका लागि सो योजना स्थगित भएको जनाएको हो। न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमण बढिरहेका कारण अहिले बोर्डर नखोल्ने राज्य सरकारले जनाएको छ। साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ। यस राज्यमा पछिल्लो संक्रमित जुन २९ मा फेला परेका थिए। Source : 9 News  Please follow and like...

Read More

अष्ट्रेलियामा अनिवार्य होटल क्वारेनटिनको शुल्क व्यक्ति स्वयम्ले तिर्नुपर्ने नियमले फर्कनेहरु निराश

मेलबर्न। अष्ट्रेलियामा अन्य देशबाट फर्कनेहरुका लागि अहिले होटल क्वारेनटिन अनिवार्य गरिएको छ। तर, क्वारेन्टिनमा बस्दा होटल रोज्न नपाउने र त्यहाँ लाग्ने शुल्क व्यक्ति स्वयम्ले तिर्नुपर्ने भएपछि अहिले अष्ट्रेलिया फर्कनेहरु निराश भएका छन्। न्यु साउथ वेल्सले १८ जुलाई देखि लागु हुने गरि क्वारेन्टिनको शुल्क तिर्नुपर्ने नियम घोषणा गरेको छ। राज्य सरकारका अनुसार, होटल क्वारेन्टिनमा रहने व्यक्तिले होटल रोज्न पाउनेछैनन् र क्वारेन्टिनको शुल्क एक जनाको लागि ३ हजार डलर लाग्नेछ। एक जना भन्दा बढी भएमा, थप व्यक्तिको लागि थप एक हजार डलर लाग्ने बताइएको छ। त्यस्तै, तीन वर्षभन्दा मुनिको बच्चाको लागि शुल्क लाग्नेछैन भने तीन वर्षभन्दा माथि बच्चाको लागि एक बच्चाको...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031