Day: २७ असार २०७७, शनिबार १८:३३

बलिवुड अभिनेता अमिताभ बच्चनमा देखियो कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं। बलिवुड अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण देखिएको छ। ७७ वर्षीय अभिनेता बच्चनले सामाजिक संजालमा पोस्ट राख्दै उक्त जानकारी गराएका हुन्। सामाजिक संजाल मार्फत उनले आफूमा कोरोना संक्रमण देखिएको र परिवारका अन्य सदस्य तथा स्टाफको नतिजा आउन बाँकी रहेको बताएका छन्। उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न आग्रह समेत गरेका छन्। T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..All that have been in close proximity to me in the last 10 days are requested to please get...

Read More

बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम...

Read More