Day: २६ असार २०७७, शुक्रबार १०:४०

अष्ट्रेलिया फर्कनेहरूको संख्यामा आधा कम गरिने प्रधानमन्त्रीको भनाइ

मेलबर्न। कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण अन्य देशमा अड्किएका अष्ट्रेलियन नागरिक तथा पीआर होल्डरहरुलाई सरकारले चार्टर फ्लाइट मार्फत अष्ट्रेलिया फर्कने अनुमति दिएको छ। हालको समयसम्म अत्यधिक संख्यामा मानिसहरु अष्ट्रेलिया भित्रिएका छन्। प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसको संक्रमणको जोखिम, होटल क्वारेन्टिन , कोरोना भाइरस परिक्षण, सरकारी स्रोत आदि सबै कुरालाई ध्यानमा राखेर अहिलेको लागि अष्ट्रेलिया फर्कनेहरुको संख्यामा आधा कम गरिने बताएका छन्। भिक्टोरिया बाहेक अन्य राज्यमा देखिएका संक्रमितहरु विदेशबाट फर्किएर होटल क्वारेन्टिनमा रहेकाहरु छन्। भिक्टोरियामा भने समुदायमा संक्रमण फैलिएकोले हालको लागि त्यहाँको लागि फ्लाइट हुनेछैन। त्यस्तै, फर्केकाहरुले १४ दिन होटल क्वारेन्टिनमा रहंदा त्यहाँको लाग्ने रकम आफै तिर्नुपर्ने र सबै राज्यमा...

Read More

क्विन्सल्याण्डले भिक्टोरिया बाहेक सबै राज्यको लागि खुल्ला गर्यो बोर्डर

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले भिक्टोरिया बाहेक अन्य सबै राज्यको लागि बोर्डर खुल्ला गरेको छ। क्विन्सल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या लगभग शुन्य जस्तो रहन थालेपछि राज्यले बोर्डर खुल्ला गरेको हो। बोर्डर खुल्ला भएको सुचना आउनासाथ अन्य राज्यबाट क्विन्सल्याण्ड जान चाहनेहरुको भिंड लागेको छ। जसले गर्दा ट्राफिक जाम समेत भएको छ। ट्राफिक प्रहरीले जाम कम होस् भन्नको लागि आज बाटो नलागेकाहरुलाई अन्य दिनको लागि यात्रा तय गर्न आग्रह गरेका छन्। त्यस्तै, भिक्टोरियामा संक्रमितको संख्या बढिरहेको हुनाले क्विन्सल्याण्डले भिक्टोरियावासीलाई भने प्रवेश नदिने निर्णय गरेको छ। भिक्टोरियावासी तर लकडाउनमा लामो समय अन्य राज्यमा रहेकाले भने प्रवेश पाएका छन्। विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस्...

Read More

२० वर्षीय नेपाली विद्यार्थी अष्ट्रेलियामा जेल चलान

असार २६, सिड्नी बिहिवार सिड्नीको सदरल्याण्ड अदालतले एक नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । अनलाईनबाट वृद्ध अष्ट्रेलियनहरुको पैसा ठगी गरेको आरोप प्रमाणित भएपछि २० वर्षिय ती युवकलाई १८ महिना जेल सजाय सुनाइएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । आईटी पढ्दै गरेका यी नेपाली युवकले भारतिय भूमिबाट संचालन भईरहेको ठगको संजालसंग मिलेर अष्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ । समाचारमा जनाईए अनुसार ठगहरुले मानिसहरुलाई तपाईको क्रेडिटकार्ड कसैले अनधिकृत रुपमा दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै कल गर्ने र मर्मतका लागि यी नेपाली युवक जाने गरेका थिए । यी युवकले कार्ड मर्मत गर्ने बहानामा सुटुक्क त्यसमा भएको...

Read More

मेलवर्नमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टी

असार २६,मेलवर्न काेरोनाको दोस्रो छालबाट ग्रसित भिक्टोरिया राज्यको मेलवर्नमा ४ जना नेपाली विद्यार्थीलाई कोराना लागेको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा १ सय ३४ जनालाई कोरोना लागेको छ ।केही दिनअघि एक जना नेपाली विद्यार्थीलाई कोरोना लागेको थियो । उनी छुट्टै घरमा बस्ने अन्य ५ जना नेपाली विद्यार्थीको सम्पर्कमा पुगेका थिए । ती विद्यार्थीलाई कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका ती ५ जनाले पनि परिक्षण गराएका थिए । उनीहरु मध्ये ३ जनालाई कोरोना लागेको पुष्टी भएको र अन्य दुई जनाको रिपोर्ट आउन बाकी रहेको गैर आवासिय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कँडेलले जानकारी दिनुभयो । उनीहरु बस्ने...

Read More

शुक्रबारका लागि अष्ट्रेलियन डलरको दर भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ( जुलाई १० ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ९८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ५६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार (असार २६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । Please follow and like...

Read More
  • 1
  • 2