Day: २४ असार २०७७, बुधबार १५:०३

अष्ट्रेलियामा फसेकालाई नेपाल जान सेमिचार्टर्ड उडान सिंगापुर एयरलाइन्स गर्ने

काठमाडौं, असार २४ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको संयोजन तथा नेपाली राजदूतावास क्यानबेराको पहलमा आगामी १४ जुलाईका दिन नेपाल फर्किन चाहनेका लागि सेमिचार्टर्ड उडान हुने भएको छ। अष्ट्रेलियामा फसेका तथा फर्कन अत्यन्तै जरुरी परेका नेपालीको लागि गरिएको यो सेमिचार्टर्ड उडान सिंगापुर एयरलाइन्सको रहनेछ। सिड्नीबाट नियमित उडान मार्फत सिंगापुरसम्म जाने र त्यहाँबाट विमान चार्टर्ड भई काठमाडौं लाने तयारी गरिएको एनआरएन अष्ट्रेलियाले जनाएको छ। यस उडानमार्फत नेपाल जान चाहने यात्रुका लागि अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडादर ११ सय ५१ अमेरिकी डलर तोकिएको छ जसको अष्ट्रेलियन डलर भने १७ सय पचास रहनेछ। कोरोनाका कारण अष्ट्रेलियाली सरकारको मापदण्ड बमोजिम अहिले मेलबर्न, ब्रिसबेन र सिड्नीबाट...

Read More

नेपालीले खोलेको कलेज अस्ट्रेलियाका पूर्वमन्त्रीद्वारा उद्घाटन

काठमाडौं, असार २४ । अस्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राबिधिक कलेज नेशनल इन्ष्टिच्यूट अफ एजुकेसनुको अस्ट्रेलियाका पूर्व यातायात र पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन। उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए। बैर्डले दस बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गते। उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्यूनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ। अधिकांश विद्यार्थीको काम र पढाइ बीच सामान्जस्य नभएको...

Read More

काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । गत बुधबार ४ हजार ८ सय ६, बिहीबार ४ हजार ५ सय ३७, शुक्रबार ४ हजार ४ सय ८३, शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत आइतबार ४ हजार ७ सय...

Read More

नेकपाभित्र देखिएको संकट समाधान उन्मुख

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो । ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ । ‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’...

Read More