Author: Himalayan Kangaroo

ब्रिटिश अभिनेत्री एम्मा वाटसन माथि धम्कीपूर्ण चेतावनी

सबै पुरुषहरुलाई लैंगिक समानताको पक्षमा बोल्न आह्वान गरेकी २४ वर्षीय ब्रिटिश अभिनेत्री एम्मा वाटसनले गत शनिबार मात्र संयुक्त राष्ट्र संघमा आयोजित एउटा समारोहमा “हि फर शी” नामक अभियानको थालनी गरेकी थिईन् | लैंगिक समानताका लागि भावपूर्ण सम्बोधन गरेकी अभिनेत्री एम्मालाई ‘एम्मा यु आर नेक्स्ट’ नाम दिइएको एउटा वेब पृष्ठमा आउँदो शुक्रबार रातीसम्ममा  निशाना बनाइने धम्कीपूर्ण चेतावनी सार्वजनिक भएको छ | सामाजिक सन्जालमा निकै लोक प्रिय बनेको एम्माको अभिव्यक्ति संसार भर फैलिरहेकै बेला चर्चित महिलाहरुलाई निशाना बनाउन चाहने समूहले वाटसनलाई पनि धम्की दिएको हुनसक्ने ठानिएको छ। केहि साता अघि मात्रै  इन्टरनेटमा विभिन्न चर्चित महिलाहरुका नाङ्गा तस्वीरहरु प्रकाशित गरि चरित्र हत्या गर्ने प्रयास भएको थियो | एम्मा...

Read More

इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध तीव्र आक्रमण

अमेरिकी नेतृत्वमा इस्लामिक स्टेट बिद्रोही  बिरुद्ध  सिरिया केन्द्रित आक्रमण तीब्र पारिएको छ | अमेरिकी रक्षा केन्द्र  पेन्टागनका अनुसार लडाकु विमान, मानवरहित ड्रोन विमान तथा टोमाहक क्षेप्यास्त्रहरुले आइएसको मुख्य गढ रहेको सिरियाको  रक्का सहित कैयौँ स्थानमा प्रहार केन्द्रित गरिएको छ | संयुक्त राज्य अमेरिका र पाँच अरब देशहरुले एक साथ हवाइ आक्रमणहरु तीव्र पारेका हुन् । साउदी अरेबीया, संयुक्त अरब एमिरेट्स, जोर्डन र बहराइन इस्लामिक स्टेट बिद्रोही  बिरुद्धको यो आक्रमणमा युद्धक बिमानहरु सहित  सहभागी छन् | कतारले भने हाल सम्म आफ्ना लडाकु बिमान आक्रमणकै निम्ति पठाएको छैन | तर कतार पनि पूर्ण तयारीका साथ अमेरिकी नेतृत्वको यो कारवाहीमा सहभागी हुने पक्का पक्कि छ | सिरियाका  मानवअधिकारवादी...

Read More

ह्वाइट हाउसको डिनरमा मोदीले नखाने

आगामी शनिबार न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  अमेरिका  जाँदै छन्  | अमेरिका बसाइकै क्रममा  व्हाइट हाउसको डिनरमा सहभागी हुन अन्य देशका विशिष्ट पाहुना सरह  उनलाई पनि आमन्त्रण गरिने  छ | तर विशिष्ट पाहुना  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्हाइट हाउसको डिनरमा केहि नखाने अनुमान गरिएको छ |वाशिंगटन पोष्टले प्रकाशन गरेको एक समाचारमा रोनाल्ड रेगन को प्रशिद्ध भनाईलाई उल्लेख गर्दै  भनिएको छ ” अमेरिकामा हुने सबै  परिवर्तन  डिनर टेबलबाट नै सुरु हुन्छ |” तर   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  व्हाइट हाउस डिनर रित्तो प्लेटमा नै सिमित रहनेछ | व्हाइट हाउसको डिनरमा मोदीले किन खाँदैनन्  ? लगातार...

Read More

आजको राशिफल : वि.सं.२०७१ साल असोज ८ गते। बुधबार।

आज वि.सं.२०७१ साल असोज ८ गते। बुधबार।सन् २०१४ सेप्टेम्बर २४ तारिख।नेपाल संवत् ११३४ ञलागा।प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।आश्विन कृष्णपक्ष, अमावश्या तिथि, बिहान ११:५ बजेउप्रान्त आश्विन शुक्लपक्ष प्रतिपदा। स्नान–दान गर्ने र हलो बार्ने अमावश्या, मातामह श्राद्ध। ================================== राशी राशिफल धर्म बढ्ने बिद्यामा बाधा मान्यजन भेट टाढाको यात्रा सुख प्राप्ति ब्यबसायमा सफलता प्रेम बढ्ने अनावस्यक खर्च बढ्ने मान सम्मान मिल्ने स्वास्थ्यमा बाधा प्रशस्त लाभ...

Read More

गंगामाया अधिकारीको जीवनरक्षाका लागि प्रयास गर्नुपर्यो : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीलाई अनसन तोड्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै अनसन तोड्न आग्रह गरेको हो । ‘न्याय प्राप्तिका लागि आमरण अनसनजस्तो कष्टकर उपाय त्यागी अन्य वैकल्पिक उपाय अपनाउन आयोग गंगामाया अधिकारीसँग अनुरोध गर्दछ, ’ विज्ञप्तिमा भनिएको छ । साथै आयोगले जीवनरक्षाका लागि गम्भीरतापूर्वक प्रयास गर्न सरकारसंग माग गरेको छ । मानवअधिकार आयोगले सशस्त्र द्धन्दकाल र त्यसपश्चात हुने गरेका मानव अधिकार उल्लंघनका घटनामा तत्काल अनुुसन्धान र अभियोजन नहुनु, न्यायप्रशासनमा ढिलासुस्ती तथा द्धिविधाग्रस्त एवम् उदासीन मनस्थितिले मानव अधिकारको प्रभावकारी संरक्षण र सम्मानमा कठिनाइ भएको जनाएको छ । साथै आयोगबाट भएका सिफारिसहरुको समयमै...

Read More

Cake To Nepal

फेसबुक