Author: Himalayan Kangaroo

चितवनको नारायणी किनारमा हुने महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने

चितवन, माघ ९- माघ ११ गतेदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । शनिबारदेखि सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार नै चितवन आउने कार्यक्रम तयार भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले बिहीबार महामहोत्सव स्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले महायज्ञको तयारीको काम ९५ प्रतिशत पूरा भएको बताए । महायज्ञको नौ तले मण्डप निर्माणसँगै १०८ हवन कुण्डसमेत निर्माण भइसकेको र पण्डालहरु लगाउने काम केही बाँकी रहेको महाराजश्रीले बताए । शुक्रबारसम्म महायज्ञको सम्पूर्ण तयारी पूरा हुने उनले जानकारी दिए । महायज्ञमा...

Read More

एक्सपर्ट एजुकेशनको ‘ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार’

चितवन, माघ ९ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आज गरेको ‘ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार’ मा ५०० बढी विद्यार्थीहरु सहभागी भएका छन् । भरतपुर गार्डेन रिसोर्टमा भएको सो सेमिनारमा चितवनका विभिन्न क्याम्पस तथा उच्च माविका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । सो सेमिनारमा अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजबाट आएका प्रतिनिधिसँग प्रत्यक्षरुपमा विद्यार्थीलाई अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको थियो । सेमिनारमा अस्ट्रेलियाको शैक्षिक प्रणाली, त्यहाँको जनजीवनलगायत अन्य धेरै कुराहरुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि भनेर एक्सपर्टले बर्सेनि तीन पटक यस्तो सेमिनारको आयोजना गर्दै आइरहेको छ...

Read More

मेट्रो रेल निर्माणका लागि डीपीआर सम्झौता

राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए । सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्ष्भित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने कार्यक्रम छ । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि...

Read More

उखु किसानको रकम नदिने चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ । ‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक...

Read More

अष्ट्रेलियावासी अर्जुन तिमिल्सिनालाई ‘ब्लड क्यान्सर, उपचारका लागि सहयोगको अपिल

ब्रिसबेन । अष्ट्रेलियामा नेपाली युवा अर्जुन तिमिल्सिना गम्भीर बिरामी परेका छन् । पोखरा स्थायी घर भएका तिमिल्सिना केही वर्ष देखि ब्रिसबेनमा बस्दै आएका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाका कोषाध्यक्ष समेत हुन् । ३१ वर्षीय अर्जुन तिमिल्सिनालाई ब्लड क्यान्सर भएको बताइएको छ । जसले गर्दा उनको रगत र बोनम्यारोमा असर परेको छ । एक छोरीका बुवा समेत रहेका अर्जुन तिमिल्सिनाको जीवन बचाउनको लागि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको छ । गत साता मात्र तिमिल्सिना दम्पत्तिलाई पुत्रीलाभ भएको छ । छोरी जन्मिएको खुशी राम्ररी मनाउन नपाउंदै उनी अस्पताल भर्ना हुनुपर्यो । बोनम्यारो प्रत्यारोपण गर्न कम्तिमा...

Read More

Cake To Nepal

फेसबुक