Author: Himalayan Kangaroo

सुन महँगीएपछि ह्वात्तै बढ्यो नक्कली गहनाको व्यापार

सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ ।  झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका छन् । सितापाइलाकी सानु शाक्यले मखन टोलको सोना शृंगार पसलबाट नक्कली सुनको गहना किनेको बताइन् । ‘सुन महँगो भयो त्यसैले यो किनेर लगाउने, ’ उनले भनिन्, ‘सुन लाउनैपर्ने भो, अहिले महँगिएको अवस्थामा किन्न पनि नसकिने भो ।’ सस्तोमा नयाँ डिजाइनको गहना फेरीफेरी लगाउन पाइने उनको अनुभव छ...

Read More

सुदूरपश्चिममा आज गीति पर्वको रुपमा परिचित गौरा पर्व मनाइँदै

काठमाडौं । आज सुदूरपश्चिम क्षेत्र, मध्य पश्चिमका केही जिल्ला र देशका विभिन्न शहरमा यो पर्व मनाइँदै छ । भाद्रशुक्ल अष्टमीमा मनाइने गौरापर्वमा हिमालय पुत्री गौरीको पूजाआजा गरिन्छ । नौ वर्षमुनिका कन्यालाई सनातन संस्कृतिमा गौरी मानेर पुज्ने चलन छ । कन्या अवस्थाकी पार्वती वा गौरीले महादेव पति पाऊँ भनी सानैदेखि कामना गरेकी र कठोर व्रत बसेकी हुनाले उनको चरित्र स्मरण गरी गौरा पर्व मनाउने गरिन्छ । गौरा पर्वमा शिवपार्वती सम्बन्धी कथानक गीत गाएर डेउडा नाचिने भएकाले यो गीति पर्वको रुपमा परिचित छ । गौरापर्वको अघिल्लो दिन सप्तमी तिथिमा विवाहिता महिलाहरुले गौरा पूजा गर्ने स्थलमा गौरालाई धागो चढाउने र आफूले पनि नयाँ...

Read More

आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी, हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाईरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णाष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । मुलुकभरका कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव जातीको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णने आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष गरी पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण...

Read More

आफूलाई यहाँसम्म ल्याईपुर्याउने बुवालाई विशेष दिनमा विशेष उपहार

मेलबर्न । आमा बुवा हाम्रो जीवनका जन्मदाता मात्र होइन मार्गदर्शक पनि हुनुहुन्छ । हामी आज जे छौं, उहाँहरुको देनको कारणले त छौं । बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंशी नजिकिंदै छ । यो विशेष दिन हामीलाई यहाँसम्म ल्याईपुर्याउने बुवालाई विशेष महसुस गराउने अवसर पनि हो । प्रविधिको सदुपयोग गर्दै यो वर्षको कुशे औंशीमा अष्ट्रेलिया, अमेरिका, लगायत देशमा बसोवास गरिरहेकाहरुका लागि केक टु नेपालले नयाँ अवसर ल्याइदिएको छ । केक टु नेपालबाट सजिलै संग एक क्लिकमै नेपालमा उपहार तथा केक पठाउन सकिन्छ । आमाबुवा र सन्तानकाबीचमा कुनै दुरी हुँदैन भन्ने अवधारणा अनुसार विशेष गरी अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका मुलुकहरुमा...

Read More

बुवासँग खेल्ने बालबालिकाको दिमाग तेज

एजेन्सी । सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् । हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ। एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ । लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ । अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान...

Read More