भारतका विदेशमन्त्रालयका प्रवक्ता सईद अकबरुद्धिनले सार्क शिखर सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहेक अन्य स्थानमा भ्रमण गर्ने कुनै कार्यक्रम नभएको स्पस्ट पार्नु भएको छ ।

मोदीको नेपाल भ्रमणको कार्यक्रम शनिबार अबेर मात्र तय भएको पनि अकबरुद्धिनको जिकिर छ ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे अवगत गराउन भारतको राजधानी नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयको परिषरमा आयाजित पत्रकार सम्मलेनमा प्रवक्त अकबरुद्धिनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिक शनिबार बेलुका मात्र तय भएको बताउनु भयो । ती ठाउँहरुमा पुर्व निर्धारित भ्रमण रद्द गरिएको होकी भन्ने प्र्रश्नमा अकबरुद्धिनले ती ठाउँ भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीको ईच्छा रहे पनि यसपटक त्यस्तो कुनै तय नभएको बताउनु भयो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदीले यस अघिको नेपाल भ्रमणको क्रममा सार्क सम्मेलको बेला जनकपुर, लुम्बिनी र मुक्ति ाथ जाने ईच्छा ब्यक्त गरेका भए पनि भारतमै पुर्व निधारित कार्यक्रमहरु र अन्य व्यस्ताको कारण ती ठाउँ जान सक्ने अवस्था नभएको स्पस्ट पार्नु भयो ।

निकट भविष्यमानै उपयुक्त समय मिलाएर ती ठाउँ भ्रमण गर्ने प्रधानमन्त्री मोदीको आँकाक्षा रहेको अकबरुद्धिनले बताउनुभयो । यस पटक मोदीको भ्रमणका क्रममा नेपाल भारत रेल मार्गहरु, तराई सडक र जलविद्युतको नयाँ सम्भावना बारे छफलहुने पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Comments

comments