सिड्नी। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा करियर सम्बन्धि भर्चुअल परामर्श कार्यक्रम हुनेभएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलिया अन्तर्गतको युथ फोरम एससीसी न्यु साउथ वेल्सले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो।

भर्चुअल परामर्श कार्यक्रम मासिक रुपमा हुने बताइएको छ। कार्यक्रमको पहिलो अंक जुलाई २६ मा हुनेछ।

परामर्श कार्यक्रममा नेपाली समुदायका सफल, प्रेरणादायी र विज्ञ व्यक्तिहरुसंग विद्यार्थीहरुले उनीहरुका संघर्ष तथा सफलताका कथाहरु सुन्ने अवसर पाउनेछन्।

यसका साथै कार्यक्रममा विद्यार्थीको लागि आफ्नो पढाइ अनुसारको काम कसरी खोज्ने, करियर निर्माणको लागि कसरी बाटो बनाउंदै जाने भन्नेमा समेत परामर्श दिइने बताइएको छ। विद्यार्थीले स्वास्थ्य, आइ टि, लगायत सबै क्षेत्रको लागि परामर्श लिन सक्ने बताइएको छ।

कार्यक्रम सम्बन्धि थप जानकारीको लागि दिइएका नम्बरमा सम्पर्क गर्न सकिनेछ :

अरुण गौतम  ०४५१०५१९११

अजय गिरी  ०४५१९८२८८४

विराज केसी  ०४५२४९२४९३

रन्जितराज वन्त  ०४५१५०७२८६

Please follow and like us:

Comments