होबार्ट । अष्ट्रेलियाको होबार्ट शहरमा शनिबार नेपाल फेयर २०२० हुनेभएको छ ।

नेपाल भ्रमण वर्षको अवसरमा नेपाली कला, संस्कृति र खानाको प्रबर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले बताएका छन् । नेपाल फेयर २०२० लाई एभरेष्ट मिडिया प्रोडक्सन हाउसले आयोजना गरेको हो ।

आयोजकका अनुसार, मेलामा नेपाली खानाको स्टल, नेपाली संस्कृति तथा परम्पराको प्रदर्शनसंगै नेपाली गीत संगीतको समेत प्रस्तुति रहनेछ । त्यस्तै, बालबालिकाहरुका लागि विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुनेछन् । यसका साथै अष्ट्रेलियन नागरिकहरुलाई नेपाल भ्रमणको लागि प्रोत्साहन गर्न नेपाल सम्बन्धि जानकारीहरु प्रदान गरिनेछ ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले उद्घाटन गर्ने नेपाल फेयर २०२० रेड स्क्वाएरमा हुनेछ ।

 

Please follow and like us:

Comments