मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा पहिलो न्याभ मल्टिकल्चरल सकर टुर्नामेण्ट हुनेभएको छ । नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजना तथा रोयल वेस्टर्न क्लबको सहकार्यमा उक्त टुर्नामेण्ट हुनेभएको हो ।

कार्यक्रममा सकर प्रतियोगिता संगै  विभिन्न क्रियाकलाप जस्तै केटाकेटीहरुका लागी फेस पेन्टिङ, किड्स फन लगात अन्य रमाइला कार्यक्रमहरु रहेको आयोजकले बताएका छन् । भिक्टोरियन मल्टिकल्रचरल कमिसनको अनुदान तथा एनआरएनए भिक्टोरियाको सहयोगमा आयोजित उक्त टुर्नामेण्टमा नेपाली लगायत  विभिन्न समुदायका गरि ८ वटा सकर क्लबहरुले भाग लिदैछन ।

टुर्नामेण्ट आगामी २२ फेब्रुअरी अर्थात शनिबार केइलर पार्क स्थित केइलर पार्क सकर क्लबमा हुनेछ ।

भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउनु टुर्नामेण्टको मुख्य उद्देश्य रहेको आयोजक संस्था न्याभका अध्यक्ष तारा गैरेले बताउनुभयो । उहाँले टुर्नामेण्टको उद्देश्य प्राप्तिको लागि सबैलाई कार्यक्रममा सहभागी भइदिन आग्रह समेत गर्नुभयो । त्यस्तै, टुर्नामेण्टमा सहकार्य गरिरहेको रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।

 

Please follow and like us:

Comments