काठमाडौं । जाडो होस् या गर्मी नेपाली जिब्रोले पीरो,अमिलो र मसलालेदार परिकारको अपेक्षा गर्दछ । यस्तो खानेकुराले स्फूर्ति प्रदान गर्ने नेपाली बुझाइ छ । छ्वेला नेपाली जिब्रोले सर्वाधिक मन पराउने परिकारमध्येको एक हो । नेवारी परिकारका रुपमा परिचित छ्वेला अर्थात पोलेको मासु अहिले आम नेपालीको साझा परिकार बनिसकेको छ । अलिकति जाँगर चलायौं भने स्वादिष्ट छ्वेला घरमै तयार पार्न सकिन्छ ।

आवश्यक सामग्री

कुखुराको मासु २ सय ग्राम, अदुवा र लसुन १ सय ग्राम, पोलेको गोलभेंडा २ वटा, छ्वेला मसला ३० ग्राम, कागती १ वटा, जिराको धूलो १० ग्राम, भुटेको तोरीको तेल १ सय मिलिलिटर, मेथी ५ ग्राम, बेसार तथा नुन स्वादअनुसार ।

बनाउने विधि

कुखुराको मासुलाई आगोमा पोलेर एउटै साइजमा काट्ने । अदुवा र लसुनलाई चप आकारमा काट्ने । चिकेनमा सबै मसला हालेर मोल्ने अनि तेल तताएर मेथी तथा बेसारले झान्ने ।

यसरी तयार पारिएको छ्वेला चिउरा,भुजिया वा दालभातसँग समेत खान सकिन्छ ।

Comments

comments