काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ४ पछि पनि इरानसँग तेल खरिद गर्ने राष्ट्रहरुका विरुद्ध कडा कदम चालिने चेतावनी दिएका छन् ।

गत हप्ता मात्र भारत र रुसबीच एस–फोर हन्ड्रेड प्रतिरक्षा मिसाइल प्रणाली किन्ने सम्झौता भएपछि चिडिएको अमेरिकाले भारत र चीन दुवै राष्ट्रलाईसमेत नछाडिने चेतावनी दिएका हुन् । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएकोले इरानसँग तेलको कारोवार गर्ने कुनै पनि राष्ट्रमाथि कडा कादम चालिने धम्की दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल इरानसँग तेलको कारोवार गरिरहेका राष्ट्रहरुले नोभेम्बर ४ सम्म पनि कारोबार बन्द नगरेमा अमेरिकाले कडा कदम चाल्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गत मे महिनामा डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग गरिएको पारमाणविक सम्झौता खारेज गर्दै नोभेम्बरबाट पुनः प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यसैबीच अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुससँग भारतले गरेको ५ अरब डलर बराबरको हवाई रक्षा प्रणाली अमेरिकी कानूनको विरुद्ध भएकाले भारतलाई कुनै कारबाहि गर्ने या नगर्ने विषयमा केही दिनमा टुंगो लाग्ने बताएका छन् । भारत रुसबीचको सम्झौता अमेरिकी कानून काउन्टरिङ अमेरिकन एडवर्सरीज थ्रू सेक्सन विरुद्ध भएको दाबी अमेरिकाको छ । यसै कानूनको उलंघन भएको भन्दै अमेरिकाले अघिल्लो महिना चीनमाथि पनि प्रतिबन्धको घोषणा गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments