काठमाडौं । नेपाली संगीत क्षेत्रमा प्रवेश गरे लगत्तै मीना ढकाल चर्चामा छाइरहेकी छिन् । स्रोता तथा दर्शकले पहिलो गीतको प्रतिक्रिया नकारात्मक दिएपनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेकी छिन् ।

मीना ढकाल नेपालका लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नी हुन् । मनोज गजुरेलसनग वैवाहिक सम्बन्धमा रहंदा गुमनाम जस्तै रहेकी उनी सम्बन्ध विच्छेद पछि मिडियामा छाउन थालेकी हुन् । गायन संगै व्यवसायमा समेत अगाडी बढिरहेकी मीनाले अहिले आफूले आफ्नै परिचय बनाएको हुनाले मनोज गजुरेलसंग आफ्नो नाम नजोड्न आग्रह गरेकी छिन् । मीनाका अनुसार, उनी नयाँ सम्बन्धमा समेत बाँधिदै छिन् । नयाँ सम्बन्ध गाँसिएको व्यक्ति बारे अहिले खुलाउन नचाहने उनले ती व्यक्ति आफूभन्दा कान्छो उमेरका भएको बताएकी छिन् । उनले सम्बन्धको सुरुवात मात्र रहेको र उनलाई बुझ्नको लागि आफूले अझ केही समय लिने बताएकी छिन् ।

मीना ढकाल पुस्तक लेखन र चलचित्र निर्माणमा समेत जुटिरहेकी छिन् । पुस्तक र चलचित्र निर्माण पछि मात्र विवाह गर्ने योजना बनाएकी ढकाल यदि चलचित्रमा खेल्न चाहेमा मनोज गजुरेललाई खेलाउने समेत बताएकी छिन् । मीनाका अनुसार, उनले आगामी वर्षको वैशाख महिना देखि चलचित्र निर्माण कार्य सुरु गर्नेछिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments