काठमाडौं । मिस नेपाल २००९ को ताज जितेकी जेनिशा मोक्तान लामो समय देखि मिडियाबाट टाढा छिन् । मिस नेपाल भएतापनि त्यसपछि आफूलाई कलाकारिता क्षेत्रमा रुची नभएका कारण टाढीएको जस्तो देखिएको जेनिशा बताउँछिन् ।

जेनिशा मोक्तानले दिकेश मलहोत्रासंग विवाह गरेकी छिन् । प्रियंकाका मामाका छोरा दिकेश व्यवसायी हुन् । दिकेशले अमेरिकामा पढ्दै थिए । अमेरिकाबाट बिदामा आएको समयमा प्रियंकासंगै घुम्दा उनीहरुको पहिलो पटक भेट भएको थियो । त्यस पछिको उनीहरुको सम्बन्ध अगाडी बढ्यो र सात वर्षसम्म उनीहरु प्रेमसम्बन्धमा रहे । त्यसपछि विवाह गरेका उनीहरुको अहिले एउटा छोरी छिन् । छोरी भएपछि सम्बन्ध अझ प्रगाढ भएको उनीहरु बताउँछन् ।

जेनिशाले ‘मै ठूली रैछु रे’ गीतमा अभिनय गरेकी थिइन् । जसले अत्यधिक चर्चा पाएको थियो । उनी केही टेलिसिरियलमा समेत खेलीन् । तर उनी र उनका श्रीमानलाई समेत उनले राम्रो अभिनय गर्न सकीनन् भन्ने लाग्यो । त्यसपछि जेनिशा अहिले अभिनय क्षेत्रबाट टाढा छिन् । तर चलचित्रसंग भने अपडेट रहने उनीहरु बताउँछन् । दिकेशलाई माग्ने बूढाको अभिनय सबैभन्दा मन पर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments