मेलबर्न । नेपालबाट जाने विद्यार्थीलाई पहिलो कुरा त प्राथमिक शिक्षा प्रदान गर्दछौं । अधिक सहायक, अधिक कक्षाको सहयोग, जसले पनि उनीहरूले अध्ययनमा ठूलो सहयोग पुर्याउँछ । जस्तै– एउटै विषय, सामग्री, शिक्षकहरू । अर्को कुरा हामीसँग शैक्षिक सल्लाहकारको समूह रहेको छ, जसले हाम्रो सबै विद्यार्थीहरूलाई सहायता प्रदान गर्दछ ।

नेपाललगायत साउथ एशियन मुलुकका विद्यार्थीको त्यति धेरै अंग्रेजी कमजोर हँुदैन । मेरो सुझाव के छ भने नयाँ कम्युनिटीमा जाँदा त्यस कम्युनिटीमा चाँडै घुलमिल हुन अंग्रेजीमा सुधार गर्नुपर्ने हुन्छ भने तिनीहरूले अतिरिक्त समय शिक्षकबाट लिन सक्छन् । निबन्ध लेखन, प्रपोजल राइटिङ, प्रिजेन्टेसन प्रिपरेसनमा समय दिएर आफ्नो अंग्रेजीमा सुधार ल्याउन सक्छन् ।

अष्ट्रेलिया स्वच्छ वातारणसहित सुविधासम्पन्न र सुरक्षित मुलुक भएकाले विद्याथीहरूले सुरक्षित महसुश गर्नेछन् । युटिएस इन्सर्च युटिएस युनिभर्सिटी टेक्नोलोजी अफ सिड्नीसँग अन्तरसम्बन्ध भएकाले विद्यार्थीहरूले त्यहाँ भएको सम्पूर्ण सुविधाहरू लिन सक्छन्– जस्तै लाइब्रेरी, यातायात सुविधा । युटीएस इन्सर्चले विद्यार्थीहरू त्यहाँ पुगेको दिनदेखि नै सम्पूर्ण आवश्यकताहरूको विशेष ख्याल राख्छ । विद्याथीहरूलाई नयाँ र आधुनिक प्रविधिबाट अध्ययन गराउने हुँदा अभिभावकले निर्धक्क भई आफ्ना छोराछोरीलाई अष्ट्रेलिया पठाउन सक्नुहुनेछ ।

अष्ट्रेलियामा पढ्न आउन चाहने विद्यार्थीहरूले आफू भविष्यमा के बन्न चाहन्छु र कुन विषयमा अघि बढ्न चाहन्छु भनेर पहिला सोच्न जरुरी छ । त्यहीअनुसारको रिसर्च गरेर अष्ट्रेलिया आउन म विद्यार्थीलाई सुझाव दिन चाहन्छु । त्यस्तै, विद्यार्थीको पढाइमा अभिभावकको ठूलो लगानी हुने हुँदा राम्रोसँग छोराछोरीको इच्छा र क्षमता बुझेर उपयुक्त कलेजको छनौट गरी अष्ट्रेलियामा पठाउन म अनुरोध गर्दछु ।

डा. म्याथ्यु हल्ट
ट्रान्सनेसनल एकेडेमिक एक्ज्युकेटिभ 
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस इन्सर्च)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments