मेलबर्न । मास्टर्स अफ विजनेश अर्थात एमविए विश्वका धेरै देशहरुमा लोकप्रिय मानिन्छ । यो अष्ट्रेलियामा पनि उत्तिकै लोकप्रिय छ । यो कोर्ष सम्पन्न भएपछि विश्वका जुनसुकै देशमा पनि विद्यार्थीहरुका लागि करियरको थुप्रै ढोका खुल्ने भएकोले धेरै विद्यार्थी र अभिभावकहरु एमविए नै रुचाउँछन् ।

यो कोर्षमा अध्ययन गरेका विद्यार्थीहरु हरेक किमिका व्यवस्थापन कार्यमा दक्ष बन्दछन् भने व्यवहारिक विजेनेशका सोलुसन खोज्न तत्पर रहन्छन् । त्यसैले रोजगारीका लागि पनि एमविए अध्ययन गरेका विद्यार्थीहरु नै प्राथमिकतामा पर्ने गर्दछन् । एमविए अध्ययनका लागि विश्वका उत्कृष्ट पाँच गन्तव्यभित्र अष्ट्रेलिया हो । यसकारण अष्ट्रृलियामा एमविए अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुको संख्या निकै उच्च रहेको छ ।

अष्ट्रेलियामा एमविए गर्नुका फाइदाहरु : 

–अष्ट्रेलियाले एमविएका लागि इन्टरनेशनल डिग्री उपलब्ध गराउँछ । जसले गर्दा विश्वका कुनै पनि देशहरुमा उक्त डिग्री देखाएर आफ्नो करियरको ढोका खोल्न सकिन्छ ।

-अष्ट्रेलियाका कलेज विश्वविद्यालयहरु विद्यार्थीहरुको पठन पाठनका साथै उनीहरुको दक्षता र क्षमता अभिवृद्धिका साथै उनीहरुको सञ्चार गर्ने शैली समेत विकास गर्न केन्द्रीत रहने गर्दछ ।

-अष्ट्रेलियामा एमविए अध्ययन गरेका विदेशी विद्यार्थीहरुलाई अध्ययनका साथै यहाँका रैथाने विजनेश कम्पनीहरुमा इन्टर्नसीपको उपयुक्र्त अवसर पनि उपलब्ध गराइन्छ ।

-अष्ट्रेलिया आफैंमा वहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँ पाश्चत्य र पूर्वीय दुवै किसिमको वातावरण उपलब्ध छ । यसले विश्वका जुनसुकै मुलुक र समुदायका लागि सुहाउँदो विजनेश र म्यानेजमेन्टका आधारहरु विद्यार्थीहरुले पाउँछन् ।

विश्वविद्यालयको छनौट कसरी गर्ने ?

आफनो लागि उपर्युक्त विश्वविद्यालय छान्ने काम अवश्य पनि गाह्रो काम हो । तर केही आधारभूत कुराहरुमा ध्यान दिन सकियो भने अष्ट्रेलियामा कुन चाहिं विश्वविद्यालय सही हो भनेर सजिलै छान्न सकिन्छ । अष्ट्रेलियामा एमविएका लागि विश्वविद्यालय छनौट गर्दा यी कुराहरुमा ध्यान दिनु आवश्यक छ :

उत्कृष्ट शैक्षिक उपलब्धी : तपाईले विश्वविद्यालय छान्दा त्यसको शैक्षिक गुणस्तर विगतको उपलब्धी र नतिजाहरुलाई अवश्य ख्याल राख्नुहोला । किनभने उत्कृष्ट शैक्षिक उपलब्धी हासिल गरेका विश्वविद्यालयहरु मात्र छान्नु पर्दछ ।

विदेशी विद्यार्थीहरुलाई सपोर्ट गर्ने :  कुनै विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई केन्द्रमा राखेर त्यही अनुसारका सेवा र सुविधाहरुको व्यवस्था गरिउको हुन्छ । जस्तो भर्ना प्रक्रिया,अफर गरिएका विषयहरु र फिको मापदण्ड । त्यसैले यस्ता विश्वविद्यालयहरु छान्नसक्नु अझ बढी बुद्दिमानी ठहरिन्छ ।

लोकेशन : विदेशी विद्यार्थी भनेको अधिकांश काम गर्दै पढ्ने वर्गमा पर्दछन् । त्यसैले अष्ट्रेलियामा कलेज छान्दा लोकेशनलाई पनि ध्यान दिदा राम्रो । किनभने लोकेशनले समय र पैसा दुवैको वचत गराइदिन्छ ।

शुल्क : अष्ट्रेलियामा एमविए कोष्गाका लागि विश्वविद्यालयहरको आ आफ्नै शुल्क मापदण्ड छन् । आफ्नो गच्छे अनुसारको शुल्क भउको विश्वविद्यालय छानेर भर्ना हुनु राम्रो मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments