मेलबर्न । भिसाको म्याद सकिन लागेकाहरुलाई दक्षिण अष्ट्रेलिया सरकारले खुशीको खबर दिएको छ । दक्षिण अष्ट्रेलिया सरकारको इमिग्रेसन वेबसाइटमा गत सेप्टेम्बर २७ मा सो सुचना प्रकाशित भएको छ । सरकारले सबक्लास १९० र सबक्लास ४८९ भिसामा रहेकाहरुका लागि स्टेट नोमिनेशन आवेदन खुल्ला गरेको छ ।

सुचनामा उल्लेख भए अनुसार, दक्षिण अष्ट्रेलिया सरकारले पीआरको लागि स्टेट नोमिनेसन निवेदनमा अस्थायी भिसाको म्याद सकिन लागेका र उमेरका कारण पोइन्ट घट्न लागेकाहरुलाई प्राथमिकतामा राख्नेछ ।

यसको लागि निम्न मापदण्ड तोकिएको छ :
स्टेट नोमिनेटेड लिस्ट अथवा सप्लीमेन्ट्री स्किल्ड लिस्ट अन्तर्गतको पेशा हुनुपर्नेछ ।
दक्षिण अष्ट्रेलियामा कम्तीमा ६ महिना देखि एक हप्तामा कम्तीमा २० घण्टा काम गरिरहेको हुनुपर्नेछ ।
४५ वर्ष मुनि, अंग्रेजीमा दक्ष र ६५ पोइन्ट ल्याउन सक्ने हुनुपर्नेछ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments