काठमाडौं । अमेरिकी डलरको भाउ बढेर नयाँ कीर्तिमान कायम भएको छ । केही दिनदेखि लगातार बढिरहेको डलर भाउ बुधबार १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ ।

मुलुकको केन्द्रीय बैंकले बुधबार ९आज० का लागि तोकेको अमेरिकी डलरको भाउ हिजो मंगलबारको दाँजोमा थप ५३ पैसाले महँगो भएको छ । आज १ डलर किन्न १ सय १९ रुपैयाँ ३३ पैसा खर्च गर्नुपर्छ । मंगलबार १ सय १८ रुपैयाँ ८० पैसा पुगेको थियो । यसको अर्थ नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर सावित भएको अवस्था हो ।

आइतबार र सोमबार १ अमेरिकी डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३३ पैसा तथा मंगलबार १ सय १८ रुपैयाँ ८० पैसा खर्चनुपथ्र्यो भने आज यसमा थप ५३ पैसा महँगो हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारका लागि १ डलरबराबर १ सय १९ रुपैयाँ ३३ पैसा खरिद दर र १ सय १८ रुपैयाँ ७३ पैसा बिक्री दर तोकिएको छ । यो भनेको डलरको भाउ हालसम्मकै सर्वाधिक महँगो भएको रेकर्ड हो ।

अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ ९भारु० अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले बुधबार १ अमेरिकी डलरबराबर भारु ७४ रुपैयाँ ५८ पैसा रहेको छ ।

Comments

comments