मेलबर्न । विश्वभर अहिले होटल म्यानेजमेन्ट पढाइ र हस्पिटालिटी क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढेको छ । अष्ट्रेलियामा पनि हस्पिटालिटी क्षेत्रमा कामदारको माग बढेसँगै यस क्षेत्रमा लाग्न चाहने धेरै छन् । जुनसुकै क्षेत्रमा लागेर सफलता पाउन केही गुण र योग्यता आवश्यक पर्छ ।

अष्ट्रेलियामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहने विद्यार्थीहरुले आफूमा यी गुणहरुको विकास गर्नुपर्ने हुन्छ

–हस्पिटालिटी क्षेत्रलाई आवश्यक पढाइ पूरा गर्नुको साथै होटलहरुबाट आवश्यक तालिम लिनुपर्छ । यसले आवश्यक प्रयोगात्मक ज्ञान प्राप्त हुन्छ ।

–हस्पिटालिटी क्षेत्र अन्तर्गतको अष्ट्रेलियाको कानूनको अध्ययनले आफूलाई थप बलियो र दक्ष बनाउन सक्छ । त्यसैले विद्यमान कानुनी व्यवस्थाबारे जानकारी राख्नु उत्तम हुन्छ । अष्ट्रेलियाको स्थानीय परम्परा र संस्कृतिका साथै विदेशी समुदायको रहनसहन बारेमा अध्ययन गर्नुपर्छ ।

–भाषागत ज्ञान हुनुको साथै संचारको लागि विनम्रता, बडी ल्याङ्ग्वेजमा ध्यान पुर्याउनु जरुरी छ ।

–काममा रहंदा आफू फ्रेश र फिट देखिनुपर्छ । व्यक्तिगत तनावलाई कामको बेलामा बिर्सनुपर्छ ।

–हस्पिटालिटी क्षेत्रमा काममा निश्चितता नहुने हुँदा कहिले थोरै काम, कहिले धेरै हुन्छ । कहिले समयमै निस्किन पाउँछन् भने कहिले अबेर सम्म बस्नुपर्ने हुन्छ । त्यसैले आफू त्यही अनुसार मानसिक रुपमा तयार रहनुपर्छ ।

–सधै टिममा रहेर काम गर्नुपर्ने हुँदा कामको क्षेत्रमा पनि आफूलाई पारिवारिक माहोलमा ढाल्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments