काठमाडौं । नेपाली चलचित्र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘प्रसाद’ को गीत यतिबेला चर्चामा छ । नम्रता श्रेष्ठ नेपालको लोकप्रिय, क्षमतावान र सफल अभिनेत्री मध्येमा मानिन्छीन् ।

जीवन सधै एकैनासको हुँदैन । यहाँ हामीले नचाहेका धेरै मोडहरु आउँछन् । नम्रताले पनि ती मोडहरु भोगीन् , तर उनले कहिल्यै हार मानिनन् । आफू यति बलियो हुनुमा उनी आफ्नो परिवारलाई श्रेय दिन्छिन् । एउटा व्यक्तिगत भिडियो बाहिर सार्वजनिक भएपछि नम्रता विवादमा तानीइन्, धेरैले उनलाई अपमान जनक शब्द प्रयोग गरे र हाँसोमा उडाए । त्यो समयमा नम्रताका बुवाले उनलाई भनेका थिए, ” तिमी नेपाल बस्न चाहंदिनौ भने विदेश जाऊ । तर हामी भने तिमी यो परिस्थितिको सामना गरेर, जुधेर अगाडी बढेको हेर्न चाहन्छौं । यो घटना तिम्रो परिचय होइन “।

नम्रता विद्यालय तह देखि नै विद्यार्थीलाई दुखी हुनु, असफल हुनु, गल्ती हुनु सामान्य हो भनेर सिकाउनु जरुरि रहेको बताउँछिन् । नम्रताका अनुसार, जीवनका विभिन्न मोडमा साथ नपाउँदा धेरै नेपाली युवाहरु डिप्रेसनमा गएका छन् । त्यसैले मानसिक स्वास्थ्य सम्बन्धि चेतना फैलाउनु जरुरी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments