एजेन्सी । ‘मी टु’ अभियान अन्तर्गत यतिबेला हलिवुड तथा बलिवुडक अभिनेत्रीहरुले आफूमाथी भएका यौन हिँसाका घटना बाहिर ल्याइरहेका छन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई पनि यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् ।

कंगानाको यो आरोप पछि अभिनेत्री सोनम कपुरले कंगनाले जे पनि बोल्ने हुनाले उनको कुरामा विश्वास गर्न नहुने प्रतिक्रिया दिएकी छिन्,”कहिलेकाहीँ कंगना रनावतले जे बोल्छिन् त्यो सबै कुरालाई गम्भीरतापूर्वक लिन गाह्रो हुन्छ । तर जे भएको छ त्यो निकै खराब भएको छ।’

सोनामको प्रतिक्रिया पछि कंगनाले आफ्नो भनाइको मूल्यांकन गर्नको लागि सोनाम कोही पनि नभएको जवाफ दिएकी छिन्, “‘मेरो बारेमा जज गर्ने हक सोनमलाई कसले दियो ? के सोनमसँग लाइसेन्स छ र उनी कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्दै हिँड्नलाई ? उनी उनका पिता अनिल कपूरका कारण सेलिब्रिटी बनेकी हुन् । र त्यही कारण मानिसहरुले उनलाई चिन्छन् । तर मेरो पहिचान मेरो पिताका कारण बनेको होइन । १० वर्षसम्म संघर्ष गरेर मैले सेलिब्रिटीको रुपमा आफ्नो पहिचान बनाएकी हूँ ।’

कंगनाले भनेकी छिन्-‘सन् २०१४ मा ‘क्विन’ चलचित्रको छायांकन गर्ने क्रममा विकास मेरो नजिक आउंथे । उनले आफ्नो मुख मेरो गर्धन नजिकै ल्याएर मलाई आफूतिर तान्थे । उनले मलाई ‘तिम्रो कपालको बासना खुबै मनपर्छ’ भन्थे ।’

कंगनाले आफूले विकासलाई हटाउनका लागि निकै मिहिनेत गर्नुपरेको समेत खुलाएकी छिन् । विकासले आफूसँग हरेक दिन नयाँ यूवतीसँग यौन सम्बन्ध राख्ने गरेको बताउने गरेको समेत कंगनाले खुलासा गरेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments