एजेन्सी । बालोन डी’ओर २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ ।

फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्ड २०१८ सम्पन्न भएको केही समयपछि व्यक्तितर्फको अर्को महत्वपूर्ण अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको हो ।

फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्डका लागि साबिक विजेता क्रिष्टियानो रोनाल्डोसँगै लियोनल मेस्सी, नेइमार, ग्यारेथ बेल, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, मोहम्मद सालह, ह्यारी केनन, पउल पोग्बा, सर्जियो अग्युरोसहितका खेलाडी मनोनयनमा परेका छन् । यस्तै फिफा वर्ष खेलाडी अवार्ड विजेता लुका मोड्रिक पनि मनोनयनमा परेका छन् ।

को को परे मनोनयनमा ?

  1. सर्जियो अग्युरो
  2. एलिसन
  3. ग्यारेथ बेल
  4. करिम बेन्जिमा
  5. केविन डी ब्राउन
  6. एडिन्सन काभानी
  7. थिबाउट कोउर्तोइस
  8. रोबर्टो फिरमिनो
  9. डिएगो गोडिन
  10. एन्टोनी ग्रिजम्यान
  11. इडन हजार्ड
  12. इस्को
  13. ह्यारी केन
  14. एन’गोलो कान्टे
  15. ह्युग लोरिस
  16. मारियो मान्जुकी
  17. साडिओ माने
  18. मार्सेलो
  19. केलियन एमबाप्पे
  20. लियोनल मेस्सी
  21. लुका मोड्रिक
  22. नेइमार
  23. ज्यान ओब्लाक
  24. पउल पोग्बा
  25. क्रिष्टियानो रोनाल्डो
  26. इभान रेकिटिक
  27. सर्जियो रामोस
  28. मोहम्मद सालह
  29. लुइस स्वारेज
  30. राफायल वाराने

मनोनयनमा पर्नेमा सबैभन्दा धेरै च्याम्पियन्स लिग विजेता रियल मड्रिडका खेलाडी छन् । रियल मड्रिडका ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । यस्तै प्रियिमर लिगका ११ खेलाडी ३० खेलाडीको सूचिमा छन् ।

आउँदो डिसेम्बर ३ मा पेरिसमा हुने विशेष कार्यक्रममा अवार्ड विजेताको घोषणा गरिने छ । यस्तै यसपटकदेखि महिला तर्फ पनि बालोन डी’ओर अवार्ड प्रदान गरिने भएको छ ।

Comments

comments