काठमाडौं । नेपालका दुई क्रिकेट खेलाडी आइसीसीले सार्वजनिक गरेको बरीयतामा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार निकालेको नयाँ वरीयतामा नेपालका दुईजना बलरले आईसीसी बरीयतामा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

सार्वजनिक ट्वान्टी–ट्वान्टीको क्रिकेटको बरीयतामा नेपालका सोमपाल कामी र बसन्त रेग्मी परेका छन् । बसन्तले ७१ औँ स्थानमा आफ्नो नाम लेखाउन सफल भएका छन् भने सोमपाल बलिङको ९३औँ स्थानमा आएका हुन् । नेपालका चर्चित बलर सन्दी लामिछाने भने आइसीसीको यसबर्षको बरीयतामा अटाउन सकेनन् । टी–ट्वान्टी बलिङतर्फ अफगानस्थानका रसिद खान पहिलो नम्बरमा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments