मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरु तथा नेपालमा रहने उनीहरुको परिवारको यसपालीको दशैं विशेष हुँदैछ । अष्ट्रेलियाबाट नेपालमा उपहार तथा केक पठाउन चाहनेहरुका लागि विगत तीन वर्ष देखि सेवा दिंदै आएको केक टु नेपालले यो दशैं विशेष योजना ल्याएको हो ।

५४ डलर देखि सुरु रहेको दशैं प्याकेज भित्र खसी, रेड लेवल, ब्ल्याक लेवल, १० हजार रुपैयाँ नगद, स्न्याक्स आदि रहेका छन् । त्यस्तै काठमाडौं भित्र ओप्पो, भिभो, साम्सुङ्ग ब्राण्डका मोबाइलहरु पनि डेलिभर गर्न सकिने केक टु नेपालले जनाएको छ । केक टु नेपालले काठमाडौं, चितवन, नवलपरासी, पोखरा, बुटवल लगातका शहरहरुमा केक तथा उपहार फ्री डेलिभर गर्दै आएको छ ।

केक टु नेपालले २८ सेप्टेम्बर देखि १५ अक्टोबर सम्मको लागि एउटा अफर समेत लिएर आएको छ । उक्त अफर अनुसार, केक टु नेपालको फेसबुक पेजमा रहेको पोस्टमा अष्ट्रेलियामा रहने पांच जना व्यक्तिलाई ट्याग गर्नुपर्नेछ र उक्त पोस्ट सेयर गर्नुपर्नेछ । त्यसपछि लक्की ड्र मार्फत हरेक दिन विजेता घोषणा गरिन्छ । विजेताले १ पाउण्डको ब्ल्याक फरेस्ट केक वा रु.५०० बराबरको रिचार्ज कार्ड पाउनेछन् ।

लक्की ड्र सुरु भएपछिका आठ दिनका विजेताहरुको नाम यसप्रकार रहेको छ :

पहिलो दिन : जीवन खड्का काजी
दोस्रो दिन : उषा सापकोटा शर्मा
तेस्रो दिन : कुनशांग घिसिङ्ग
चौथो दिन : रित्जी हमाल
पाँचौं दिन : सुमन न्यौपाने
छैठौं दिन : नीशा प्रधान
सातौँ दिन : ज्योत्सना श्रेष्ठ
आठौँ दिन : सविना चापागाईं

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments