काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो जीत हो । टस जीतेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

१ सय ७३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थाइल्यान्डले ८ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर १८ रन बनायो । खेल जारी रहेको समयमा पानी परेपछि खेललाई डिएल मेथोडमा लगिएको थियो । डिएल मेथोड अनुसार थाइल्यान्डले १ सय ५८ रनको चुनौती पायो । तर यसअघि नै नेपाल १ सय ४० रनले विजयी भइसकेको थियो ।

आजको खेलमा नेपालका करण केसी म्यान अफ द म्याच घोषित भए । उनले अन्तिममा आएर नटआउट ४० रन बनाउनका साथै ३ विकेटसमेत लिए । सन्दीप लामिछानेले ५ विकेट लिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments