सिड्नी । नेपाली हिन्दुहरुको महान पर्व बडा दशैं संघारमा छ । दशैंलाई चंगा उडाउने, आशीर्वाद लिने, नयाँ उमंग भर्ने पर्वको रुपमा लिइन्छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले दशैंलाई उमङ्ग र हर्षोल्लासका साथ मनाउनको लागि विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।

गुठी अष्ट्रेलियाले आगामी अक्टोबर १३ मा काइट फेस्टिभलको आयोजना गर्ने भएको छ । नि:शुल्क सहभागिताको अवसर रहेको उक्त कार्यक्रममा चर्चित गायक दिपक बज्राचार्य र उनको रिदम व्याण्डको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा चंगा उडानका साथै विभिन्न सांगीतिक प्रस्तुति, खानाका स्टलहरु समेत रहने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम सिड्नीको रकडेलस्थित बाईसेन्टियल पार्कमा दिनभर चल्नेछ । आयोजकले सम्पूर्ण नेपाली समुदायलाई आफूसंगै विदेशी साथीहरुलाई नेपाली परिकार, संगीत, संस्कृतिबारे परिचित गराउनको लागि संगै लिएर आउन अनुरोध गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments