एजेन्सी । बलात्कारको आरोपमा मुछिएका युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शनिबारबाट मैदान फर्कने भएका छन् ।

एक खेलको प्रतिबन्धको कारण च्याम्पियन्स लिग अन्तर्गत बुधबार योङ ब्वाईजसंगको खेल गुमाएका रोनाल्डो सिरी ए बाट मैदान फर्कने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा रोनाल्डोले रातो कार्ड पाएका थिए ।

रोनाल्डोले शनिबार राति हुने उडिनेसविरुद्धको खेल खेल्ने युभेन्ट्सले जनाएको छ ।  तुलनात्मक कमजोर टिम उडिनेसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डो आफ्नो दुखद पाटोहरु बिर्साउने योजनामा हुनेछन् ।

यस्तै रोनाल्डो पछिल्लो समय अमेरिकामा एक महिला बलात्कारको विवादमा फसेका छन् । ३४ बर्षिया रोनाल्डोमाथि अमेरिकी महिलालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलात्कार गरेको आरोप लागेको छ ।

अमेरिकी शिक्षिका क्याथ्रन मायोर्गाले रोनाल्डोले आफुमाथि बलात्कार गरेको हालै खुलासा गरेका थिए ।

यता, युभेन्ट्सले रोनाल्डो मैदान र मैदानबाहिर निकै व्यवसायिक रहेको बताएको छ । रोनाल्डोले यसै सिजन रियल मड्रिडबाट युभेन्ट्स आएका थिए ।

Comments

comments