मेलबर्न । अष्ट्रेलियामा भव्य न्याभ बाल दिवसको तयारि भएको छ । नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा, कला तथा संस्कृतिको ज्ञान दिंदै नेपालीपनको संरक्षण गर्न साथै नेपाली बालबालिकालाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरेको आयोजक संस्था नेपलिज एसोसिएसन अफ भिक्टोरियाले जनाएको छ ।

नेपलिज एसोसिएसन अफ भिक्टोरियाले सन् २००५ देखि बाल दिवस मनाउंदै आएको छ । गत वर्षको न्याभ बाल दिवसमा १ सय ५० जना भन्दा बढी बालबालिका सहभागी भएका थिए । उक्त कार्यक्रममा ट्यालेन्ट शो, वर्कसप आदि गरिएको थियो । यस वर्ष विभिन्न नेपाली भाषा स्कुलहरु संग मिलेर कार्यक्रमको तयारी गरेको न्याभले जनाएको छ । जसले गर्दा कार्यक्रम अझ भव्य र सभ्य हुने न्याभले विश्वास लिएको छ । कार्यक्रममा बालबालिकाको विभिन्न सांस्कृतिक प्रस्तुति, ट्यालेन्ट शो, क्विज, विभिन्न मनोरन्जनात्मक खेल हुनेछन् ।

न्याभ बाल दिवस आगामी १४ अक्टोबरमा 233 Sydney Road, Brunswick स्थित Brunswick Town Hall मा हुनेछ । न्याभ बाल दिवस २०१८ को मूख्य नारा हाम्रा बालबालिका, हाम्रा भविष्य ( Our children, Our future ) रहेको छ । कार्यक्रम बिहान १० : ३० देखि सुरु हुनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments