एजेन्सी। आधुनिक जीवनशैलीले अहिले अधिकांश व्यक्तिहरुमा उच्च रक्तचाप ( हाइ ब्लड प्रेसर ) को समस्या देखिन थालेको छ। यसले शरीरमा अरु रोग पनि निम्त्याइदिन सक्छ। तर, आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउनाले उच्च रक्तचापलाई कम गर्न सकिन्छ।

– योगा अरु रोगलाई जस्तै, उच्च रक्तचापको लागि पनि राम्रो औषधि हो। त्यसैले कम्तिमा दुई घण्टा दैनिक रुपमा योगा गर्नु राम्रो हुन्छ ।

– हरेक बिहान दही र सधैजसो नासपाती, तरबुजा लगायतका फाइबरयुक्त फलफूल खानुपर्छ।

– नुन, चिल्लो कम खाने, रेसायुक्त तरकारी खाने,प्रशस्त पानी पिउने गर्नुपर्छ ।

– एक्लै नबस्ने, चर्को आवाजबाट टाढा रहने, चर्को आवाजको नजिक बस्ने बाध्यता भए कानमा कपास राख्ने गर्नुपर्छ।

– दैनिक आधा घण्टा हिंड्ने, यौन जीवन सक्रिय राख्ने, शारीरिक अभ्यास नियमित गर्ने गर्नुपर्छ ।

– सकारात्मक सोंच राख्ने, मान्छेहरुसंग घुलमिल हुने, सभा-समारोहमा सहभागी हुने गर्नुपर्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments