काठमाडौं । देशको सम्मानित अदालतमा कार्यरत न्यायधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने भन्दै कानुन मन्त्री शेरबहादुर तामाङले आवश्यक परेमा कानुन परिमार्जन गरेर समेत सम्पत्ति विवरणको छानबिन गरिने बताउनु भएको छ ।

पछिल्लो समयमा न्यायालयमा देखिएको विवादलाई लिएर न्यायधीशको सम्पत्ति विवरणको समेत छानबिन हुनुपर्ने चौतर्फी दबाब बढेसँगै मन्त्री तामाङले यसको तयारी थाल्ने बताउनु भएको छ । हामसम्म न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छैन।

यसैगरी, मन्त्री तामाङले न्यायालयभित्र देखिएको विवादका विषयलाई कानुन मन्त्रालयले समंवय गरेर समाधान गर्ने बताउनु भएको छ ।

मन्त्री तातामाङले १५ दिनभित्रमा आफूलाई आवश्यक कानुन तयार पारेर ल्याउन अन्य मन्त्रालयहरुलाई निर्देशन समेत दिनु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments