एजेन्सी । च्याम्पियन्स लिगमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई पराजित गरेको छ। मड्रिडले पिएसजीलाई ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।

रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पीएसजीका लागि इडिन्सन कभानीले गोल गरेपछि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे ।

Comments

comments