एजेन्सी । लियोनल मेस्सीको व्यक्तिगत खेल जीवनको ६ सयौं खेलको मद्दतमा स्पेनिस ला लिगा लिडर बार्सिलोना महत्वपूर्ण ३ अंक थप्न सफल भएको छ ।

आइतवारराति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई १ शून्यले हराउँदै बार्सिलोनाले ८ अंकको अग्रता बनाएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा गोलका धेरै अवसर खेर फालेको बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले खेलको २६ औं मिनेटमा गरेको गोल पर्याप्त भयो ।

नतिजासँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई सहज भएको छ । २७ खेलबाट बार्सिलोनाको ६९ अंक छ भने २७ नै खेल खेलेको एथ्लेटिकोको ६१ अंक छ ।

टिमलाई महत्वपूर्ण जित दिलाउने गोल मेस्सीको खेल जीवनको ६ सयौं गोल हो । मेस्सीले अहिलेसम्म क्लबका तर्फबाट ५ सय ३९ र देशका तर्फबाट ६१ गोल गरेका छन् ।

Comments

comments